Advertisement
SKIP THIS

चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाउने तैयारी पूरा


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बू जातिको महान चाड चासोक तङनाम मौलिक परम्परा अनुसार भब्य रुपले मनाउने भएको छ। उक्त तङनाम विषेश कार्यक्रम यहिँ डिसेम्बर १५ तारिखको दिन दोङ्देमुन स्थित सङ्बोक खुछङमा मनाउने तैयारी भइसकेको आयोजकले जनाएको छ।

कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) सँगै नेपालबाट आमन्त्रण गरिएका कलाकारहरुको हाक्पारे, ख्याली पालाम सहितको बेजोड सांगीतिक प्रस्तुति हुनेछ। तङनाममा लिम्बू गायक डिल्ली फोम्बो र यादन सेर्मालाई आमन्त्रण गरिएको छ। यसैगरी कोरियामै रहेका कलाकार जोन तुम्बापो, अप्सन लिम्बू, सुदिप सेर्मा र युगल किशोर शेर्माले समेत आफ्ना प्रस्तुति राख्नेछन्। नाचगान बाहेक लिम्बू जातिको परम्परागत परिकारहरु समेतको स्वाद लिन सकिने आयोजकले जनाएको छ।

लिम्बू जातिले प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने चासोकमा नयाँ पाकेको अन्नबालीलाई चासोक सेवा/न्वागी पूजा गरि सर्वशक्तिमान शृष्टिकर्ता तागेरानिङ्वाभुमाङ र पितृलाई चढाएर मात्र ग्रहण गरिने परम्परा रहेको छ। यसो गर्नाले रोगब्याधी नलाग्ने, सह बस्ने विश्वास गरिन्छ।

कोरियामा रहेका संस्थाहरुमा पत्र नपुगेको खण्डमा यो समाचारलाई नै आधार मानेर कार्यक्रममा उपस्थिति जनाइदिन आयोजकले अनुरोध गरेको छ। कार्यक्रममा जाने तरिका ट्रेन लाइन नं.४,सङ्सिन् यदे स्टेसनको ३ नं.गेटबाट थोरै अगाडी सङ्बोक खुछङ बिल्डिंगको ४ तला रहेको छ।

गतवर्ष चुम्लुङ कोरियाले गायक एकदेव लिम्बू, तिर्सना नेम्बाङ, इन्द्र सुशील चोङ्बाङ र गंगा फियाक लिम्बूको साथमा चासोक तङनाम मनाएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...