तमू धीं दक्षिण कोरियाले मनाउने “तमू च्यु-ल्होसार २०७६” को पोष्टर सार्वजनिक ।


“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”

 

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको पोष्टर सार्वजनिक गरेको छ ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउने भएको हो । यो तमू ल्होसार केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा एकै थलोमा कार्यक्रम आयोजना गरिने भएको छ ।

तमू धींले यसपटकको कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकार ल्याउने भएको छ । जसमा गीत रचनाकार, संगीतकार, नायक र आफैंमा कुशल गायक मनोज गुरुङ र नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आउने भएका हुन् । २०६५ सालमा लेखनाथ महोत्सवमा आयोजित पहिलो गण्डकी ताराको उपाधी चुमिसकेका गायक मनोज गुरुङले नेपाली, गुरुङ र अन्य भाषामा समेत ३ समेत दर्जन भन्दा बढि गीतमा आफ्नो सुमधुर स्वर भरिसकेका छन् भने गायिका इन्द्रा गुरुङले विशेषत: गाउँपाखामा गुञ्जने मौलिकपन बोकेको एक दर्जन बढि गीतहरु दर्शकश्रोता माझ ल्याई वाहवाही कमाईसकेकी छिन् । अत: उहाँहरुको आगमन र गायन प्रस्तुतिले कोरिया पुरै ल्होसारमय बन्नेमा आयोजक ढुक्क छ ।

साथै उक्त दिन वर्ग (ल्हो) जाने र आउने तमू व्यक्तिहरुलाई मौलिक परम्परा अनुसार रुपा लगाई स्याई-स्याई गरिने र तमू (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, कौरा नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति, हाँस्य प्रहशन र रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली थुप्रै खानाको परिकारको व्यवस्था रहने आयोजकले जनाएको छ ।

कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) एवं गैर तमू (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हार्दिक निमन्त्रणा सहित सो कार्यक्रममा उपस्थित जनाई “तमू (गुरुङ) च्यु-ल्होसार २०७६” कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमू धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...