Advertisement
SKIP THIS

कोरियामा प्रणय विशेष साहित्य संगीत साँझ-२ हुने


भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस नजिकिए सँगै उक्त दिवसको अवसर मा प्रणय विशेष साहित्य संगीत साँझ हुने भएको छ । आगामी जनवरी १८ तारेखका दिन कोरियाको ह्वासङ्ग को नामयाङ्ग मा उक्त कार्यक्रम हुने भएको छ ।
कला साहित्य र संगीतको प्रवद्र्धनमा जोड दिने उद्देश्य सहित मेरोप्रतिभा अनलाईन मिडिया ग्रुपले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा दीपा मेहावाङ राई को प्रेमिल कविता सुन्न पाईनेछ । त्यसैगरी प्रेमिल गजल र मुक्तक क्रमशः एईडेन छन्त्याल र शुशील अर्याल ले सुनाउनेछन् । त्यसैगरी संगीतमा गायक रमेश कुमार श्रेष्ठ रहेका छन । साथै चर्चित लोक गायिका तथा मोडेल भावना आचार्यको समेत विशेष प्रस्तुति रहनेछ । त्यस लगायत अन्य थुप्रै कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइेनेछन् । त्यसको अलवा विविध मनोरञ्जनात्मक गतिविधिहरु हुनेछन् ।

कार्यक्रमलाई ह्वासङ्ग को नामयाङ्ग सागरी स्थित कान्तिपूर रेष्टुरेन्ट ले प्रायोजन गरेको हो । साथै ब्यानर सौजन्य फोननारा सुवन मोबाईल ले गरेको छ । त्यसैगरी प्रमाण पत्र तथा ब्याचको लागी एच डी मोबाईल दोङ्देमुन वाट सौजन्य भएको छ ।
मिडिया पार्टनरमा मेरोप्रतिभा डट कम, हेल्लोनेपालकोरिया डट कम, फोनिजकोरिया डट नेट, नयाँदैनिकी डट कम, गोर्खाली अनलाईन रेडियो र ईपिएस छिन्गु डट कम रहेका छन् ।

गत वर्ष पनि प्रणय विशेष गजल मुक्तक साँझ भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । यसपाली त्यसै कार्यक्रमको निरन्तरता पनि रहेको साथै यसपाली संगीत लाई पनि थपिएको कुरा आयोजकले जानकारी गराएको छ ।

तसर्थ कोरियाका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधिहरु, साहित्यप्रेमी मन तथा सर्जकहरु, पत्रकार, सामाजिक अभियन्ता, संगीतप्रेमी मनहरु एवम् सम्पूर्ण कोरियावासी नेपालीहरुमा उपस्थितीको लागी आयोजकको तर्फवाट हार्दिक आह्वान गरिएको छ ।

कार्यक्रको बारेमा
मिति २०२० – ०१ – १८ शनिबार
समय बेलुकी ८ : ३० बजे देखी
स्थान : कान्तिपूर रेष्टुरेण्ट ह्वासङ्ग नाम्याङ्ग सागरी

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...