कोरियामा माघि खिचरा पर्व तथा थारु सम्वत २६४४ धुमधामका साथ मनाउने
थारु कल्याणकारीणी सभा द. कोरिया(थाकस)ले माघि खिचरा पर्व तथा थारु सम्वत २६४४ कोरिमयामा धुमधामका साथ मनाउने भएको छ। “हम्रो कला संस्कृति हाम्रो पहिचान, संरक्षण र सम्बर्द्धन हाम्रो अभियान ” भन्ने मुलनाराका साथ जनवरी २६ तारिक सउलमा सो पर्व मनाउन लागेको हो ।
थाकस ले माघीखिचरा तथा थारु सम्वत बिगतका पाँच बर्ष देखि कोरियामा मनाउदै आएको छ। पहिला यो पर्व मनाउदा सामान्य खानपिन र शुभकामना आदानप्रदान मात्र हुन्थ्यो भने यसपटक भने बृहत् साँस्कृतिक कार्यक्रम सहित हुने थाकस कोरियाका अध्यक्ष शिब चाैधरिले बताएका छन् ।
“साँस्कृतिक कार्यक्रमका लागि नेपालका थारु राष्ट्रिय कलाकार गायिका अनु चाैधरी र मोडेल तथा डान्सर एन्डिसा चाैधरिको आगमनले सो कार्यकर्म भव्य हुने बिस्वास छ ।” अध्यक्ष चाैधरी ले भने । राष्ट्रिय कलाकारका साथै गायक उमेश चाैधरी, मोहन दहित, ओम चाैधरि लगायत स्थानिय कलाकारको पनि साँगीतिक प्रस्तुती रहने उनले जानकारी दिए ।
मनोरञ्जनका साथै थारु जातिको को भाषा तथा माैलीक संस्कृती को सँरक्षण तथा प्रवर्द्धन , भ्रर्मन बर्ष २०२० प्रचारप्रसार तथा प्रवर्द्धन को लागि सो कार्यक्रम आयोजना गर्न लागेको थकस कोरियाका वरिष्ठ उपाध्यक्ष शिबसँकर महतो ले बताए। प्रदेशको व्यस्तजिवन शैलीको वावजुदपनी यस्ता जातिय माैलिक पहिचानको कार्यक्रम को आयोजना गर्नपाउदा खुसि लाग्नुको साथै सो कार्यक्रम सफल पारिदिन यहाँ रहेका सम्पुर्ण संघसंस्था,व्यावसायी , वाैद्दिक व्क्तित्व , विधार्थि पत्रकारहरुमा अनुरोधपनी उन्ले गरेका छन।
प्रबेश निशुल्क रहेको सो कार्यक्रमको आकर्षण साँस्कृतिक मनोरञ्जन र थारु जातीको माैलिक खानाको परिकार रहेको पनि ब. उपाध्यक्ष चाैधरी ले बताए ।