“चौथो रोधीं सांगीतिक सौगात”मा पौने दुई करोड वचत ।


तमू धीं कोरियाले कोरियन चाड छुसकको अवसर पारेर सम्पन्न गरेको “चौथो रोधीं सांगीतिक सौगात” को पत्रकार सम्मेलन गरि आय-व्यय सार्वजनिक २२ डिसेम्बर २०१९ मा सउल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको हलमा सम्पन्न गरेको छ । दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ तमू धीं दक्षिण कोरियाले गत १३ सेप्टेम्बर २०१९ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) मा कार्यक्रम भव्यता साथ सम्पन्न गरेको हो ।

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि तमू धींले विधिवत् रुपमा कार्यक्रम गर्ने कोरियाले अनुमति पाएको थियो । राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु प्रकाश सपुत, बुद्व लामा, फुलन्देकी आमा (उमेश राई), बत्ती थापा मगर, त्रिशला गुरुङ, डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारी (Cartoonz Crew) कार्यक्रमका लागि नेपालबाट आएका थिए भने साथमा अन्य स्थानीय कलाकारहरुको आकर्षक बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रमको लक्ष्य र उद्वेश्य अनुरुप विगत लामो समयदेखि संचालनमा रहँदै आएको सेल्टरलाई थप व्यवस्थित गर्न र नयाँ ठाउँमा स्थानान्तरण गरी आगामी जनवरी महिना देखि अझ व्यवस्थित गरिने केन्द्रीय अध्यक्ष जित गुरुङले बताए । कार्यक्रम बारे विस्तृत जानकारी सहित कार्यक्रम सम्बन्धि जिज्ञासा, सुझाव वा समस्या बारे अध्यक्ष गुरुङले प्रतिक्रिया र स्पष्टिकरण दिएका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष जित गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल टेण्डुप शेर्पा रहेका थिए भने अतिथिहरुमा कोरियास्थित सक्रिय जातीय एवं क्षेत्रीय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, संस्था सम्बद्व सल्लाहकारहरु, शुभचिन्तक र सक्रिय व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । केन्द्रीय कोषाध्यक्ष तथा सो कार्यक्रमका आर्थिक संयोजक रुपा गुरुङले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

“चौथो रोधीं सांगीतिक सौगात” कार्यक्रमको आर्थिक प्रतिवेदन अन्तर्गत आय तर्फको विवरण (कोरियन वोनमा) :

१) टिकट बिक्री बाट एकमुष्ट : १५४,२५,००/-
२) आर्थिक अभियान बाट : ३२५,९७,६२२/-
३) ब्यानर सौजन्य बाट (स्याङ्जा परिवार) : ४,००,०००/-
४) संस्थागत सहयोग बाट एकमुष्ट : २०,६७,०००/-
५) खानाको आम्दानी : ७,००,०००/-
६) टिकट पोष्टर सौजन्य : ३,००,०००/-
—————————————————————
जम्मा आय : ५,१४,८९,६२२/-

“चौथो रोधीं सांगीतिक सौगात” कार्यक्रमको आर्थिक प्रतिवेदन अन्तर्गत व्यय (खर्च) तर्फको विवरण (कोरियन वोनमा) :

१) हल भाडा : ३८,००,०००/-
२) होटेल शुल्क (आमन्त्रित कलाकार) : ९,२०,०००/-
३) कलाकार टिकट शुल्क : ६०,२९,०००/-
४) कलाकार पारिश्रमिक शुल्क : ९४,९९,०००/-
५) यातायात खर्च सउल, थेगु र बुसान : ३५,६४,०००/-
६) साउंड सिस्टम : ३५,००,०००/-
७) बाउन्सर : ३,४०,०००/-
८) मिडिया : ६,१०,०००/-
९) आमन्त्रित कलाकार, स्थानीय कलाकार खाना र मोटेल खर्च : २३,२८,०००/-
१०) खाजा खर्च (रोटी, पानी, जूस) : ६,८०,०००/-
११) स्ट्याम्प : ४८,०००/-
१२) फोहोर फाल्ने प्लाष्टिक : ५०,०००/-
१३) विविध खर्च : २६,०००/-
१४) ब्याज, सानो ब्यानर, मायाको चिनो, प्रेस तथा डिजाइन : १५,०४,५००/-
१५) भिडियोग्राफी : ३,००,०००/-
१६) मुख्य ब्यानर : ४,००,०००/-
१७) ब्यानर, पोष्टर, टिकट, निमन्त्रणा कार्ड : ५,९०,०००/-
१८) गाडी मर्मत खर्च : ६०,०००/-
१९) फोटोग्राफर : २,००,०००/-
—————————————————————
जम्मा खर्च : ३,४४,४९,०५०/-

जम्मा वचत = जम्मा आय- जम्मा खर्च :
५,१४,८९,६२२
-३,४४,४९,०५०
———————————————————
= १,७०,४०,५७२/-

सो आय-व्यय सार्वजनिक कार्यक्रम संचालन केन्द्रीय महासचिव लेसन गुरुङले गरेका थिए । चौथो रोधीं सांगीतिक कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण संघ-संस्था, सहयोगीलाई तमू धींले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...