भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा ‘द भ्वाइस अफ नेपाल 2 लाइभ कोरिया’ कन्सर्ट गर्ने
भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा ‘द भ्वाइस अफ नेपाल 2 लाइभ कोरिया’ कन्सर्ट गर्ने भएकाे छ । काेरियाली चाड सलनालकाे दाेस्राे दिन साे कन्सर्ट गर्ने भएकाे हाे ।
‘अहिले सम्मकै सर्वाधिक समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजनाको जानकारी गराउन चाहन्छौँ। पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना गर्न लागेका हाै ।’ भक्तपुर समाजका अध्यक्ष रमेश गिरीले भने ।
कार्यक्रममा पुर्बबाट राम लिम्बू सुदूरपश्चिमबाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी, पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा, राप्तीबाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरी र सिराहाबाट आरिफ रौफ, काठमाडाै भ्यालीबाट सनिश श्रेष्ठ चितवनबाट अलिशा सर्मा भारतको दार्जिलिङबाट भ्वाइस अफ नेपालकी रकिङ्गस्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समाबेस गरिएको गिरीले जानकारी दिए।
सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा हुने अायाेजकले बताएका छन् । कार्यक्रम दिनको १ बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन ३ नं. गेट अगाडिबाट निशुल्क बसको ब्यबस्था हुने जानकारी भक्तपुर समाज उपाध्यक्ष राम पोख्रेलले बताएका छ्न ।
संगित र नृत्यका सम्पूर्ण विधाका समावेशी कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमको दक्षिण काेरियाका नेपालीकाे लागि प्रतिक्षाको कार्यक्रम हुने अायाेजककाे दाबी छ ।