दोलखाली समाज दक्षिण कोरियको अधिवेशन जनवरी ५ आइतबार हुने
दोलखाली समाज दक्षिण कोरियाको तेस्रो अधिबेशन जनवरीको ५ तारिख आइतबार हुने भएको छ । समाजको अधिबेशन दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा हुनेछ ।
‘नयाँ र जुझारु साथीभाइहरुले अबको दोलखाली समाजलाई अघि बढाउँछ भन्ने हामीले ठानेका छौ । त्यसैले पनि दक्षिण कोरियामा बस्नुहुने सबै साथीभाइलाई त्यो दिन सउलको दोङदेमुनमा हुने अधिबेशनमा उपस्थित भैदिन आग्रह गर्छु ।’ दोलखाली सामाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने ।
‘हामीले जिल्लाका लागि सकेका गरेका छौ । अब नयाँ आउने साथीहरुले अझ हाम्रो कामलाई अघि बढाउनु हुनेछ भन्ने लागेको छ ।’ उनले थपे ।
दोलखाली समाज दक्षिण कोरियाले गएको छुसकमा मंगोलियन हर्ट लाईभ गरेको थियो । अधिवेशनबाट नै कन्सर्टबाट भएको फाइदालाई संचालन गर्ने समिति बन्ने पनि समाजले जनाएको छ ।