स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा स्याङ्जा माझकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ।


दक्षिण कोरिया /
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नती एवं स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन कोरियामा रहेको स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा प्रसूति गृह स्थापनाका लागि सुरक्षित मातृत्वमा अत्यावश्यक सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ ।

कोरियन पर्व सलनाल २०१९ को अवसरमा गत ०३ फेब्रुअरी २०१९ मा स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा आयोजित जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “किम्हे लाईभ लोक दोहोरी सांस्कृतिक कार्यक्रम” बाट वचत भएको रकमले उद्वेश्य अनुरुप उक्त कार्यक्रम आयोजना गरिएको हो ।

स्याङ्जा परिवार किम्हे/बुसान शाखाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेको स्वागत मन्तव्य सँगै शुरु भएको सो कार्यक्रममा स्याङ्जा परिवार किम्हे बुसान शाखाका तत्कालीन अध्यक्ष जीवलाल काफ्लेले सभापतित्व ग्रहण गरेका थिए भने प्रमुख अतिथिको रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण, विशेष अतिथिहरुमा वालिङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शुक्रराज गुरुङ, वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डे, अतिथिहरुमा सोही वडाका वडा सदस्यहरु क्रमशः खिम बहादुर गुरुङ, हेम बहादुर गुरुङ, नरमाया गुरुङ र याम कुमारी सुनार, स्याङ्जा परिवारको प्रतिनिधित्व गर्दै भूपू अध्यक्ष तथा केन्द्रीय वरिष्ठ सल्लाहकारद्वय गुप्त गुरुङ र धर्म गुरुङ, केन्द्रीय सल्लाहकार नवराज वाग्ले, किम्हे-बुसान शाखाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद लामिछाने, सोही शाखाका वर्तमान वरिष्ठ सल्लाहकार राजकुमार आले रहेका थिए ।

अन्य अतिथिहरुमा वालिङ नगरपालिकाका प्रेस सल्लाहकार तोलाकान्त बगाले, स्वास्थ्य चौकी जग्गादाता स्थानीय समाजसेवी हर्क बहादुर गुरुङ, नेकपा जिल्ला कमिटी सदस्य सूर्य कुँवर, विरुवा गाउँपालिका वडा नं. ४ नेकपा अध्यक्ष नविन कुमार आले, माझकोट हाईल्याण्ड कृषि सहकारी संस्थाका अध्यक्ष गुप्त बहादुर गुरुङ, सोही वडाका सचिव सुभाष गुरुङ, माझकोट स्वास्थ्य चौकी प्रमुख संगिता गहतराज, दियालो UNDP कृषि प्राविधिक शान्त प्रसाद गुरुङ, स्याङ्जा परिवारका सक्रिय सदस्य पदम प्रसाद वाग्ले र अर्जुन लामिछाने, स्थानीय आमा समूह तथा युवा क्लब लगायत स्थानीय जनसमुदायका विच प्रसूति गृह स्थापनार्थका लागि सुरक्षित मातृत्वका औजार र सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले विदेशमा रगत र पसिना बगाई श्रम बेचिरहेका समस्त नेपालीहरुको एकता, सामाजिक सेवाको भावना र नेपाली मातृभूमिप्रति गरेको अगाध प्रेमको खुलेर प्रशंसा गरे । माझकोट वासी र वरिपरिका सेवाग्राहीलाई बधाई तथा शुभकामना दिनुका साथै यस कार्यक्रमले स्मार्ट सिटीको अवधारणालाई प्रत्यक्ष टेवा पुगेको तर्क अघि सारे । स्याङ्जा परिवारका भूपू अध्यक्ष तथा केन्द्रीय वरिष्ठ सल्लाहकारद्वय गुप्त गुरुङ र धर्म गुरुङले संस्थाको अन्य गतिविधि र सामाजिक क्रियाकलाप बारे संक्षेपीकरण गर्नुका साथै प्रवासमा रहेका स्याङ्जालीहरुको सद्भाव र एकताले यो सबै सम्भव भएको कुरालाई जोड दिए । स्याङ्जा परिवारको स-सम्मान स्मरण गर्दै हरेक स्याङ्जालीहरुको निरन्तर यस्तै भावनात्मक सम्बन्ध र सदसयताको लागी आग्रह गरे । वालिङ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शुक्रराज गुरुङले यो सहयोगप्रति खुशी व्यक्त गर्दै स्याङ्जा परिवार किम्हे/बुसान शाखालाई धन्यवाद व्यक्त गरे । प्रसूति गृह स्थापनार्थ सहयोग हस्तान्तरण कार्यक्रम स्याङ्जा परिवार केन्द्रीय सल्लाहकार नवराज वाग्लेले सञ्चालन गरेका थिए ।

“किम्हे लाईभ लोक दोहोरी सांस्कृतिक कार्यक्रम” भव्य सम्पन्न गरेर आफ्नो गृह जिल्लामा यसरी कार्यक्रमको उद्वेश्य अनुसार सहयोग गर्न पाउँदा अति खुशी लागेको स्याङ्जा परिवार किम्हे/बुसान शाखाका वर्तमान अध्यक्ष कमल अर्यालले सुनाए । कोरिया स्थित क्षेत्रिय संस्थाहरु मध्ये स्याङ्जा परिवार एक अब्बल संस्थाको परिचित छ । परदेशी भूमिमा परेका अनेकौं समस्या, परिस्थितिहरुमा आफ्नो शानदार क्रियाशिलता देखाउदै आफ्नो गृह जिल्लामा समेत यसभन्दा अघि दुई वटा एम्बुलेन्स भ्यान प्रदान गर्नुका साथै थुप्रै सामाजिक कार्यहरुमा उपस्थिति जनाउदै आइरहेको छ ।

तस्विरमा/

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...