काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने
काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने भएकाेछ।
ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाली चाड सलनालको अवसरमा यहि जनवरी २५ सौलमा 1974 AD लाइभ कन्सर्ट गर्दैछ।उक्त कन्सर्टमा नवोदित गायिका द्वय अन्जु राना मगर र मेचु धिमालको ओपनिङ पर्फमेन्स रहनेछ।
सोहि कन्सर्टमा ओखलढुंगा सेवा समाजको निमन्त्रणामा विशेष अतिथिको रुपमा कोरिया आउन लाग्नु भएका नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदिप कुमार राइ)को कोरियावासी आम नेपाली समुदायको तर्फबाट एन आर एन कोरियाको नेतृत्वमा सोहि कन्सर्टको उद्घाटन समारोहमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ।
एन आर एन ए कोरियाले व्याकुल माइला नागरिक अभिनन्दन कार्यक्रमकाे संयाेजन गर्ने भएकाेछ।
ओखलढुंगा सेवा समाजले गत डिसेम्बर ८र जनवरी १ मा सौल तुन्देमुनको निक ट्राभलमा बसेको व्याकुल माइला नागरिक अभिनन्दन समितिको बैठकले उक्त निर्णय गरेको हो।आजको बैठकको अध्यक्षता एनसिसि कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका थिए भने आबस्यक समन्वय ओखलढुंगा सेवा समाजका अध्यक्ष श्रीराम गुरुङले गरेका थिए।
राष्ट्रिय एकताका प्रतीक राष्ट्रगानका रचयिता व्याकुल माइला भव्य सम्मान तथा अभिनन्दन गर्नका लागी समितिले कोरियामा कृयाशिल सम्पुर्ण संघ सस्थालाइ सहभागी भैदिनु हुन हार्दिक अपिल गरेको छ।
समितिले व्याकुल माइला नागरिक अभिनन्दनको लागी आवस्यक समन्वय र सहजीकरणको लागी संयोजक दिपक पुन,सदस्यद्वय श्री श्रेष्ठ र श्रीराम गुरुङलाइ सम्पर्क गर्न अनुरोध गरेको छ।
व्याकुल माइला नागरिक अभिनन्दन समिति यस प्रकार रहेको छ। दिपक पुन संयोजक,(एन आर एन वरिष्ठ उपाध्यक्ष ),सदस्य श्रीप्रसाद श्रेष्ठ (अध्यक्ष एनसिसि कोरिया),सदस्य श्री युगेल टेण्डुप शेर्पा (अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ कोरिया),सदस्य अमृत राइ (अध्यक्ष पुर्वान्चल सरोकार समाज), किशोर ब्लोन नियोग (अध्यक्ष प्रदेश न.३ एकता समाज),सदस्य श्रीराम गुरुङ
(अध्यक्ष ओखलढुंगा सेवा समाज) सदस्य सचीव उत्तम खाजुम(कवि/साहित्यकार)
रहेका छन् ।
व्याकुल माइला नागरिक अभिनन्दन कार्यक्रममा सस्थागत सहभागिताको लागी
दिपक पुन 01042662281
श्रीप्रसाद श्रेष्ठ 01046022032
श्रीराम गुरुङ 01086815297