विमल घर्ती मगर बेल्जियम जाने पक्का
फोनिज कोरिया संवाददाता
काठमाडौं – युवा फरवार्ड विमल घर्तीमगर बेल्जियन जुपिलर प्रो लिगको उपविजेता ‘क्लब ब्रुग केभी’ मा तीनमहिने ट्रेनिङका लागि आइतबार जाने भएका छन् ।
यू–१७ का कप्तानसमेत रहेका विमल तीनमहिने भिसा शुक्रबार हात पारेपछि बेल्जियम जाने निश्चित भएको हो । बेल्जियमको उच्च श्रेणीको लिग १३ पल्ट जितेको क्लब ब्रुगमा उनले मंगलबार ट्रेनिङ सुरु गर्नेछन् । दुई वर्षअघि डच क्लब एफसी ट्वेन्टेमा ट्रायल दिएका उनले बेल्जियमकै सर्वाधिक सफल क्लब एन्डरलेच्त र गेन्कमा दुई–दुई महिना ट्रेनिङ गरेका थिए ।