जेजु सम्झनामा


नयाँ बर्ष आउँछ । नयाँ क्यालेन्डरहरु झुन्डिन्छन् । जिन्दगीका नयाँ च्याप्टरहरु थपिदै जान्छन् । ती सम्झदा केही रमाइला लाग्ने छन् केही नरमाइला ।
यो बर्षलाई फर्केर हेर्दा केही नयाँ ठाउँ घुमियो । नयाँ साथीभाइ भेटियो ।

कोरियामा हुने कसलाई जान मन हुँदैन र जेजु ? मलाई पनि थियो । कहिले के नमिल्ने कहिले के नमिल्ने । जान पाएको थिइन । भर्सेला परोस यो पटक जान्छु मनमा आँट आयो । एक्लै भए पनि जान्छु । अरु बेला जाउँ जाउँ भन्दा पनि नमान्ने साथीभाइ कुरा गरेको जाने भए ।
हामी एक गु्रप जेजु घुम्न गयौ ।

नेपाली सेक्सका कुरा त्यति गर्दैनन् । यहाँ त लभ पार्क छ । पार्कमा जे जति छन् ती सबैको थिम सेक्स छ । सेक्समै केन्द्रीत छ यो पार्क । महिला र पुरुषका यौनाङ्गहरुका डिजाइन छन् । सेक्सका पोजिसन छन् । हैट लाजै मर्नु ? अरु बेला सेक्सका खासै कुरा नगर्ने कोरियनहरु पार्कमा सेल्फी खिचेका छन् । हाँसेका छन् । पर्यटकका लागि त यो आर्कषक केन्द्र नै भयो । एउटा सेल्फी त बन्ता है बोस ?

जेजु एउटा टापु न हो । कोरियनहरु व्यापार गर्न कति सिपालु छन् । केही हुदै नभाको ठाउँमा पनि हामीसँग यस्तो छ त्यस्तो छ भनेर व्यापार गर्छन् । झन् जेजुको कुरा के गर्नु प्राकृतिक रुपमा पनि राम्रो छ । अलि अलि व्यापारका लागि थपथाप गरेर चिटिक्क बनाइएको छ ।
खल्तीमा पैसा भए पछि जेजुमा नपाइने के होला ? पैसा तिर्यो साइकलमा चढ्यो । भाडामा चिटिक्क परेका गाडी तयार छन् । चढ्यो हिड्यो ।

समुन्द्रै समुन्द्र छ जेजुमा । टापु न हो । जता हेरे पनि निला समुन्द्र छन् । पसौ पसौ जस्तो लाग्ने । झरना छन् । फोटो खिच्नेको ताँती छन् । म झरना नै झरना हुने पहाड तिरबाट आएको मान्छेलाई पनि धेरै पछि झरना देखि पछि यसो पछिल्तिर फर्किएर फ्याट् सेल्फि खिच्न मन लाग्छ । स्लो मोसनमा भिडियो खिच्छु । के काम त नयाँ नयाँ फोनको ?
च्यालेन्जिङ स्कुवा डाइभिङ गर्ने मन छ । समुन्द्र भित्र पौडिदै रंगीन माछासँग फोटो खिच्ने रहर छ । साथीभाइ डराउँछन् । एक बारको जिन्दगी समुन्द्र भित्रै हरायो भने ? म यत्रो गरेर जेजुमा आको छु एउटा साहसिक खेल नखेली के फर्किनु ? एक्लै गैदिन्छु स्कुवा डाइभिङ गर्न ।
पौडी खेल्न आउँछ ? पहिलो प्रश्न सोध्छ स्कुवा डाइभिङको मान्छे ।

खासै त मलाई पौडिन आउँदैन । तैपनि भनिदिन्छु । आउँछ ।
पहिला कुनै साथीले गरेको छ ?
अप्सयो । झन्डै नसुनिने स्वरमा भनिदिन्छु ।
साथीहरु कुरा सुनाउथे । पैसा तिरेर समुन्द्र पुगेर आँट नआएको अनि फर्केको । म त्यही सम्झन्छु । तर गाइडलाई आफ्नो डर देखाउँदिन ।

गाइड र म समुन्द्रको तिरमा गयौ । उसले पानी भित्र लाउने कपडा दियो । खुट्टामा पञ्जा भएको पौडिन मिल्ने जुत्ता दियो । ढाडमा भएको अक्सीजनबाट कसरी सास कसरी फेर्ने सिकायो । इसराले कसरी संबाद गर्ने भन्ने पनि सिकायो ।

उसले जति सिकाउँदै गयो । मनमा त्यति डर लाग्दै गयो । जीवनको माया लाग्दै गयो । घर परिवार सुःख, दुःख झल्झली सम्झिएँ । धत पैसा तिरी तिरी यस्तो खेल पनि खेल्नु ?
मलाई थोरै मात्र पौडिन आउँछ । केही त हुँदैन नी ? झन्डै नसुनिने स्वरमा भनेँ ।
हुँदैन । उसले सुनेछ । उत्तर दियो ।
झ्याम्म । मेरो गाइड सुमुन्द्रमा हाम फाल्यो । उसले इसाराले समुन्द्रमा उफ्रन भन्यो ।
समुन्द्रको क्षितिजसम्म खाली निलो पानी मात्रै छ । हामी खोला देखेर तर्सिनेलाई समुन्द्रले नतर्साउने कुरै भएन । जिन्दगी यस्तै छ । झ्याम्म न्वारान देखिको साहस निकालेर समुन्द्रमा हाम फालेँ । गाइडले कसरी तैरिने फेरी सिकायो । अनि पानी भित्र अक्सिजन लिएर सास लिने तरिका फेरी सिकायो ।

हैट समुन्द्र भित्रका संसार । जति गहिराईमा गयो । माछाका हुल हिडेका छन् । मलाई छोएरै जान्छ रंगीन माछाहरु । फिल्म तिर देखेको सिन साँच्चै हुँदो रहेछ । हुनत गाइडलाई थाहा होला विदेशीलाई कता घुमाउने भनेर । म मख्खै छु ।

कस्तो छ ? गाइड इसारामै सोध्छ ।
ठीक छ । रमाइलो छ ।
इसारामै भनि दिन्छु । शायद उसले ठीकै बुझ्यो होला । पानी भित्र फोटो खिचिदियो । माछाहरु फोटोमा देखिए । अघिसम्मको डर हट्यो । यस्तै होला सगरमाथा चढ्नेहरु धेरैलाई । हाम्रा शेर्पाहरुले उकाली चढ्न सक्नेहरुलाई धकेलेरै टुप्पामा पुर्याउँछ भन्थे । मेरो पारा त्यस्तै भो समुन्द्र भित्रको डाइभिङमा ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!