तमू धीं दक्षिण कोरियाद्वारा “तमू च्यु-ल्होसार २०७६” भव्यताका साथ सम्पन्न


सउल । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingstown Dongdaemun मा तमू धीं केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा तमू च्यू-ल्होसार मनाईएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै आएको कार्यक्रममा तमू धीं दक्षिण कोरियाका केन्द्रिय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तमू धीं थेगु शाखाका उपाध्यक्ष गणेश गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

प्रमुख अतिथिमा नेपाल जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल टेण्डुप शेर्पा, विशेष अतिथिहरुमा तमु धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, गैर आवासीय नेपाली संघ (NRNA) आईसीसी सदस्य लक्ष्मी लामा गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) आईसीसी सदस्य ओम नारायण जुग्जाली, तमु धीं दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष हर्क गुरुङ, तमु धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाका अध्यक्ष अनिश गुरुङ, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुँवर, फोनिज कोरिया शाखाका अध्यक्ष गोकुल थोकर, नेपाल बौद्ध परिवारका अध्यक्ष पेमा कुन्साङ, वुमन फर वुमन द.कोरियाकी अध्यक्ष रितु श्रेष्ठ, सउल लामा गुरु र संस्थाका केन्द्रीय वरिष्ठ सल्लाहकार प्रदिप गुरुङ, गैर आवासीय नेपाली संघ (NRNA) कोरियाका निवर्तमान वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, सोही संस्थाका एसिया प्यासिफिक महिला निवर्तमान उप-संयोजक जुनु गुरुङ लगायत विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक, धार्मिक संघ-संस्थाको अध्यक्ष तथा प्रतिनिधि साथै संस्था सम्बद्व अग्रज तथा सक्रिय व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल जनजाति महासंघ दक्षिण कोरियका अध्यक्ष युगेल टेण्डुप शेर्पाले गुरुङ (तमु) गुरुङ जातिको यस महान् पर्वको कार्यक्रमलाई सफलताको शुभकामना सहित आफ्नो जातीय मौलिक संस्कृति जगेर्ना गर्नलाई महत्वपूर्ण टेवा पुर्याएको र जातीय उत्थानको निमित्त हरेक जनजातिहरु सक्षम भई आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्ने आवश्यकता औंल्याउँदै समग्र जनजातीको हित र उत्थानका लागी आफू र आफू सम्बद्व संस्था कटिबद्व भएर लागिपर्ने बताए ।

पहिलो खण्ड अन्तर्गतको औपचारिक कार्यक्रम सञ्चालन संस्थाका केन्द्रीय सल्लाहकार एवं भूतपूर्व महासचिव प्रितम गुरुङको विशेष सहजीकरण सँगै केन्द्रिय कार्यालय सचिव नन्दजंग गुरुङले गरेका थिए । दोश्रो सांगीतिक कार्यक्रम संस्थाका साँस्कृतिक संयोजक सबिन गुरुङ, सह-संयोजक पुरन गुरुङको सहजीकरणमा स्थानीय कलाकार प्रितम गुरुङ, पुरन गुरुङ, लिलु गुरुङ र साथीहरुको सामुहिक आवाज सँगै गुरुङ राष्ट्रिय गीत (तमू ह्युल्स)द्वारा साँस्कृतिक कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रम सञ्चालक लेसन गुरुङ र लीलु गुरुङ, टोप गुरुङ र परी गुरुङ जोडीको कलात्मक उद्घोषणसँगै नेपालबाट आमन्त्रित गीत रचनाकार, संगीतकार, नायक र आफैंमा कुशल गायक मनोज गुरुङ र चर्चित लोक तथा दोहोरी गायिका इन्द्रा गुरुङ प्रस्तुतिले शुरुवातदेखि अन्तिमसम्म उपस्थित सबैलाई भरपूर नचाए । स्थानीय कलाकारहरुको एकल/सामूहिक नृत्य प्रस्तुतिलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरे ।

गुरुङ जातिको परम्परा अनुसार कार्यक्रमका विच तमू वर्ग (ल्हो) जाने र आउने तमू व्यक्तिहरुलाई मौलिक परम्परा अनुसार रुपा लगाई स्याई-स्याई गरिएको थियो । कार्यक्रमका अन्तिम तिर नेपालबाट आमन्त्रित कलाकार मनोज गुरुङ र इन्द्रा गुरुङलाई कोरियास्थित क्रियाशिल संस्थाहरु स्याङ्जा भिरकोट आर्थर तमू समाज, स्याङ्जा परिवार, कास्की परिवार, लम्जुङ परिवार र आयोजक संस्था तमू धीं दक्षिण कोरियाको तर्फबाट मायाको चिनो, सम्मान पत्र सहित दोसल्ला र खादा लगाई सम्मान गरिएको थियो । यही खुशियाली सँगै आमन्त्रित कलाकार इन्द्रा गुरुङले डेढ दर्जन क्रस खुकुरी अंकित नेपाली भाद्गाउँले टोपी र आधा दर्जन खुर्पेटो मायाको चिनोको रुपमा बाढ्न भ्याईन् ।नेपालबाट बुफे सिस्टममा रहेको थुप्रै खानाको परिकारको व्यवस्था रहेको सो कार्यक्रममा ४०० जना भन्दा धेरैको सहभागिताले हल खचाखच भरिएको थियो ।

“तमू (गुरुङ) च्यु-ल्होसार २०७६” कार्यक्रम सभ्य र भव्य सफल बनाउन महत्वपूर्ण उपस्थिति जनाउनुहुने कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) एवं गैर तमू (गुरुङ) दाजुभाई तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, आमन्त्रित कलाकारहरु, स्थानीय कलाकारहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरु तथा हरेक विभागमा अहोरात्र खट्नुहुने तमाम व्यक्तित्वहरुमा आयोजक तमू धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...