काेरियामा मनाईने ‘माघे (मगर) संक्रान्तिको’ तयारी पुरा
नेपाल मगर संघ काेरियाले मनाउने माघे (मगर) संक्रान्ति कार्यक्रमकाे तयारी पूरा भएको छ।
परदेशकाे ब्यस्त समयलाई ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको हाे। कार्यक्रम सौल छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको एक रेस्टुरेन्टमा गरिने तयारी भएकाे छ। र कार्यक्रममा तीन सय भन्दा बढि मगरहरु तथा गैह्र मगरहरू सहभागी हुने अनुमान गरिएको छ।
नयाँ प्रतिभालाई कोरियामा बोलाई प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका सुमन थापा मगर सनिबार नै काेरिया आउने भएका छन्।
साथै कोरियामा नेपाली समुदाय माझ चर्चित कलाकारहरु देबिन्द्र काउचा मगर, जितन भाइ श्रीस मगर, स्नीका थापा मगर, माया थापा मगर, एस. बी. राना मगर, बिकास थापा, बबिता पुन, थेगु शाखाका कलाकारहरु, किम्हे/बुसान शाखाका कलाकारहरु लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक एस. बी.राना मगरले जानकारी दिएका छन्।
बिभिन्न मगर मौलिक ठाडाे भाका, हुर्रा, कौडा, सालैजो, झ्याउरे, टप्पा सहितको प्रस्तुति रहने छ।
साथै मगर मौलिक खानाहरू तरूल, शखरखण्ड, बाराक, शेलराेटी,अचार, मासु, तथा भातीकाे जाडकाे समेत ब्यबस्था गरिएकाे अायाेजकले बताए।
कार्यक्रम ऐतिहासिक र मौलिक हुनेछ। सो दिन उपस्थित भै मगर मौलिक चाडलाई भब्यताका साथ सफल पारिदिनु हुन कोरियामा रहनुहुने विभिन्न संघ संस्था, ब्यापारी , बिद्यार्थी , बुद्दिजिबी नेपालीहरुलाई संघका अध्यक्ष सि. पी. मगरले हार्दिक अनुरोध गरेका छन्।