शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने


टेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्।

बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए।

बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएको छ। बेलायती शाही परिवारका वरिष्ठ सदस्यहरू यस निर्णयबाट निराश भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

बुधबार अनपेक्षित रुपमा जारी भएको वक्तव्यमा राजकुमार ह्यारी र मेगनले महिनौंको आन्तरिक छलफल पछि निर्णय लिएको उल्लेख गरेका छन्। ‘हामी शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं, यसक्रममा महारानीलाई हाम्रो पूर्ण समर्थन जारी रहनेछ’, जारी वक्त्व्यमा भनिएको छ।

बेलायत र उत्तरी अमेरिकाबीचमा सन्तुलित समय छुट्याउने योजनामा रहेको उनीहरूले जनाएका छन्। यसक्रममा उनीहरूले महारानी, कमनवेल्थ र हाम्रा संरक्षकप्रतिको कर्तव्य जारी राख्नेछन्। ‘यो भौगोलिक सन्तुलनले हाम्रो छोरालाई शाही परम्पराप्रति कृतज्ञ हुँदै हुर्किन सक्षम बनाउने छ। योसँगै यसले हाम्रो परिवारलाई अर्को अध्यायमा ध्यान केन्द्रित गर्ने ठाउँ दिनेछ जसमा हाम्रो नयाँ परोपकारी संस्थाको सुरूवात पनि पर्छ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...