शनिबार साँझ सउलमा ‘नेपाल भ्रमण बर्ष २०२०’ को प्रवर्धनात्मक कार्यक्रम हुने
शनिबार सउलमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्धनका लागि औपचारिक सुरुआत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । एनआरएनए कोरियाले नेपाली राजदूताबास सउल र कोरियाका सक्रिय नेपाली सामाजिक संघ संस्थासंगको सहकार्यमा याे कार्यक्रम हुन लागेकाे हाे । शनिबार बेलुकी साँझ ६ बजे देखि ८ बजेसम्म सउलकाे पर्यटकीय क्षेत्र होंगिक विश्वविद्यालय स्टेशन ९ र १० नम्बरमा हुनेछ ।
विशेषगरी कोरियन युवाहरुको भीड हुने ठाउँकाे बाटोमा नेपाली साजसज्जा र फाेटाे सहितकाे स्टेजको रूपमा रातो कार्पेट र पछाडि ठुलो ब्यानर राखिने छ। कार्यक्रम स्थालको एक साइटमा खानाको स्टल र अर्को साइडमा फोटो खिच्ने गरि बनाएको फाेटाे जोन हुनुका साथै तल मानिस हिड्ने ठाउँमा फाेटो प्रदर्सन राखिने आयोजकले जनाएको छ।
कार्यक्रममा राजदुतले नेपाल भ्रमण बर्ष २०२० को सम्बोधन गर्नुका साथै नेपाली पञ्चेबाजाका साथमा विभिन्न जातिय भेषभुषामा साँस्कृतिक झलक तथा नाचहरु प्रदर्शन गरिने भएको छ । सूजन साक्य र गाम्बिर श्रेस्ठ संचालन गर्ने उक्त कार्यक्रममा नेपालका विभिन्न जातजाती र कलासंस्कृति चिनाउने पहिरनमा सबैलाई उपस्थित भइदिनुहुन आयोजकले अनुरोध गरेको छ ।
भिजिट नेपालको टोपी र टिसर्टको लागि मधुसुदन ओझालाई सम्पर्क गर्न सकिने छ ।