1974 AD लाइभ कन्सर्टको पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न


ओखलढुंगा सेवा समाज कोरियाद्वारा आयोजित 1974 AD लाइभ कन्सर्टको तैयारीको बारेमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। जनवरी ११शनिबार भएको सो कार्यक्रममा कन्सर्टको बारेमा पत्रकार लगायत उपस्थितहरुले प्रश्नहरु राखेका थिए। सेवा समाजका अध्यक्ष श्रीराम तमुले प्रशनहरुको जवाफ दिएका थिए। सलनालको दोश्रो दिन हुने लाइभ कन्सर्टको सम्पूर्ण तैयारी र टिकट वितरण कार्यक्रमपनि अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई, प्रवासी मजदुर संघका अध्यक्ष उदय राई, नेपाल पत्रकार महासंघका अध्यक्ष रञ्जन कुवँर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थिय।

जनवरी २५ तारिखका दिन आयोजना हुने लाइभ कन्सर्ट र भक्तपुर समाजको कार्यक्रम एकै दिन गर्ने सहमतिमा नै भएको स्पष्ट पार्दै अध्यक्ष तमुले एक अर्कालाई सहयोग गर्ने गरि कार्यक्रम बाँडफाँड गरिएको बताए। 1974 AD को रियुनियन पछि कोरियामा पहिलो पटक र २०२० को विश्व भ्रमणपनि कोरियाबाट नै सुरु भएको जानकारी गराएका थिए। यसैगरी कार्यक्रममा थप आकर्षणका लागि भोइस अफ नेपालका प्रतियोगी गायिका मेचु धिमाल र अञ्जु राना मगरको पनि बेजोड प्रस्तुति रहने बताए। कन्सर्टका लागि कोरियाको अत्याधुनिक (Yes24 Live) हलपनी तय भइसकेको जानकारी गराउँदै हलसम्म जान दोङ्देमुनबाट बसको व्यवस्था समेत रहेको जानकारी गराए। कार्यक्रम निर्धारित समयमा नै हुने र उक्त दिन नै नेपालका राष्ट्र गानका रचयिता प्रदीपकुमार राई “व्याकुल माईला” लाई नागरिक अभिनन्दन गरिने पनि जानकारी गराए। नागरिक अभिनन्दन गैर आवासीय नेपाली संघको संयोजकत्वमा हुने भएकोछ। यदि कुनै संस्था उक्त अभिनन्दन कार्यक्रममा सहभागी हुन चाहेको खण्डमा संयोजक एवं एनआरएनका वरिष्ठ उपाध्यक्ष दीपक पुनलाई सम्पर्क गर्नसकिने पनि अवगत गराए।

कार्यक्रम हल जानका लागि सार्वजनिक बसहरु पनि छन् भने ५ नम्बर ट्रेन लाइनको ख्वाङ्नारु स्टेसनको गेट नं. २ बाट ३ मिनेट पैदलमा पुग्न सकिने छ। उक्त हलमा यस अघि बिपुल क्षेत्री, दिपक बज्राचार्यको ब्याण्डले समेत कार्यक्रम गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...