ग्वाङजु जारी समर युनिभर्सियाडमा अमेरिका अग्र स्थानमा ( तालिका सहित )
निश्चल काउचा
सोल – दक्षिण कोरियाको ग्वाङजु जारी समर युनिभर्सियाड खेलमा अमेरिकाले ३ वटा स्वर्ण पदक जित्दै अग्रता कायम गरेको छ | दक्षिण कोरिया २ वटा स्वर्ण पदक सहित दोस्रो स्थानमा छ |
गत शुक्रबार उदघाटन भएको जारि खेलमा १४६ देशको सहभागिता रहेको छ | १३ हजार खेलाडीले २१खेलमा २७२ वटा स्वर्ण पदकको लागि प्रतिस्प्रधा गर्नेछन | १४ जुलाईसम्म जारि रहने खेल कुम्भमा ३८ वटा छुट्टाछुट्टै रंगशाला खेल खेलाईने छ |
कुन देशले कति पदक जिते
देश स्वर्ण कास्य रजत जम्मा
१ – अमेरिका ३ 0 १ ४
२ – दक्षिण कोरिया २ २ १ ५
३ – जापान २ 0 २ ४
४ – फ्रान्स २ १ १ ४
५ – चीन २ 0 २ ४
६- रसिया 0 ५ ४ ९
७- ग्रिस 0 १ 0 १
८ – जर्मनी 0 0 २ २
९ – इस्टोनिया 0 0 १ १
१० – हंगेरी 0 0 १ १
११- इटली 0 0 १ १
१२ – लिथुआनिया 0 0 १ १
१३- मेक्सिको 0 0 १ १
१४ – रोमानिया 0 0 १ १