काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न


काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ भाग २ भब्यताका साथ सम्पन्न भएको छ ।मेराे प्रतिभा अनलाईन मिडियाले कला साहित्य र संगितलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ गत सनिबार उक्त कार्यक्रम अायाेजना गरेकाे हाे।

नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा गोर्खाली रेडियो अनलाईनका स्टेशन म्यानेजर साथै सफल म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङ्ग त्यसैगरी सामाजिक अभियन्ता साथै एनआरएनए दक्षिण काेरियाका युवा संयोजक अरुण श्रेष्ठ (ईपिएस छिन्गु) र एनआरएनए दक्षिण कोरियाकै सचिव मनोज गौतम रहेका थिए ।

त्यसैगरी उपस्थित अतिथिहरुमा किराँत राइ यायोक्खा द. कोरियाका अध्यक्ष पदम राई, दोलखाली समाज द. कोरियाका अध्यक्ष सरोज केसी, बाग्लुङ्ग समाज द. कोरियाका अध्यक्ष राम प्रसाद शर्मा, पत्रकार मञ्च द. कोरियाका अध्यक्ष सन्तोष खड्का, कवयत्री शुष्मा रनाहँमा, पाल्पाली समाज द. कोरियाका वरिष्ठ उपाध्यक्ष अर्जुन विरकटा मगर, लगाएत रहेका थिए ।
आर एन अधिकारीको सभापतित्त्व रहेको कार्यक्रममा ह्यारी वोन्डले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी विशेष अतिथि मनोज गौतम र प्रमुख अतिथि श्री प्रसाद श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा गायक रमेश कुमार श्रेष्ठले, गायिका, डान्सर तथा मेडेल भावना आचार्य, साहित्यकार÷कवि दिपा मेहावाङ राई र शुशील अर्यालको विशेष प्रस्तुति रहेको थियो । त्यसैगरी सहभागीहरुवाट साहित्यकार विष्ट डिबि तनाब, साहित्यकार÷कवि सुष्मा रनाहँमा, गायक दिपकिरण लिम्बु, लागाएतले पनि प्रस्तुति दिएका थिए ।
जसमा मुख्य प्रायोजक कान्तिपुर रेष्टुरेण्ट नाम्याङ्ग, ब्यानर स्पोनसर फोननारा सुवन मोबाईल, ब्याच तथा प्रमाणपत्र स्पोनसर एच डि मोबाईल दोङ्देमुन त्यसैगरी सहकार्यमा मुक्तक प्रतिष्ठान द.कोरिया रहेका थिए ।

ईपिएस छिन्गु सम्मानित
विगत लामो समयदेखी कोरियामा रहेका र कोरिया आउने क्रममा रहेका नेपालीहरुका लागि सुचना संकलन गरी सम्प्रेशन गर्नमा अग्रसर रहँदै विभिन्न सामाजिक काममा अहोरात्र खट्दै आएको भन्दै मेरोप्रतिभा अनलाईन मिडिया ग्रुपले प्रणय विशेष साहित्य संगीत साँझ भाग २ को अवसर पारी ईपिएस छिन्गु अरूण कुुुुुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।


सिता सुवेदीको विशेष प्रस्तुति साथै सहयोग संकलन गरी हस्तान्तरण
कार्यक्रममा एउट खुट्टाले पनि अब्बल डान्स गर्न सक्ने चर्चित डान्सर सिता सुवेदीको पनि विशेष प्रस्तुति रहेको थियो । डान्सरको कलालाई उच्च सम्मान गर्दै सहभागीहरुवाट केही रकम संकलन गरी हस्तान्त्रण गरिएको थियो ।


आयोजकको तर्फवाट विभिन्न शैलीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउनमा भूमिका खेल्नुभएकोमा सम्पूर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु, सम्पूर्ण संघ संस्थाका प्रतिनिधीहरु, प्रमुख अतिथि÷विशेष अतिथि÷अतिथि लगाएत उपस्थित सम्पूर्ण ब्यक्तित्त्वहरु, साहित्यकार, कलाकारहरु, सहकार्यको लागि मुक्तक प्रतिष्ठान द. कोरिया, ब्यानर सौजन्यको लागि फोननारा सुवन मोबाईल, ब्याच प्रमाण पत्रको लागि एच डि मोबाईल दोङ्देमुन, मिडिया पार्टनरमा रहेका हेल्लोनेपाल कोरिया डट कम, फोनिजकोरिया डट नेट, गोर्खाली अनलाईन रेडियो, ईपिएस छिन्गु डट कम, नयाँदैनिकी डट कम, लाई पनि विशेष धन्यवाद ज्ञापन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...