खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन
“सुनेको झै सुनकै सरी, कहाँ हुन्छ प्रवासमा
दु:ख पर्दा आउनुहोस् हजुर, खोटाङकै आवासमा” नारा सहित जनवरी २४ शुक्रवारका दिनदेखी खोटाङ सेवा समाजले आवास गृह (सेल्टर) सञ्चालनमा ल्याएको छ। सेल्टर उद्घाटनका क्रममा बोल्दै अध्यक्ष चित्र घलेले काम छोडेर बसेका नेपाली दाजुभाइ दिदी बहिनीहरुले सेल्टरमा सेवा लिनसक्ने बताए।
दोङ्देमुन स्टेसनको गेट नं. १ बाट आगमन रेस्टुरेन्ट नपुग्दै बिचको गल्ली बाट २ मिनेट हिडेर सेल्टर पुग्न सकिनेछ। आवश गृह बारे थप जानकारीका लागि अध्यक्ष चित्र घले ०१०४२३९७३०५ र महासचिव नव नवीन राई ०१०२१४५९५८० लाई सम्पर्क गर्न सकिनेछ।
पुर्वान्चल सरोकार समाजका अध्यक्ष श्री अमृत राई र वरिष्ठ उपाध्यक्ष श्री भिमराज चेम्जोङ, खोटाङ सेवा समाजका पूर्व अध्यक्ष मानध्वज राई नेपाली सम्पर्क समितिका पूर्व अध्यक्ष एवम निबर्तमान आइसिसि सदस्य श्री लोचन राई किरात राई यायोक्खाका अध्यक्ष पदम राई , यायोक्खा संरक्षक श्री ध्यान राई, निवर्तमान अध्यक्ष बालकृष्ण बान्तावा, भोजपुर परिवारका महासचिव श्याम साम्पाङ, चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बू लगायतले रिबन काटेर उद्घाटन सेल्टर गरेका थिए।
सन् १९९६ मा स्थापित यस संस्थाले नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।