समकालीन नेपाली कविताको टाइम क्याप्सुल : इतर कविता (पुस्तक समिक्षा)


नेपाली साहित्यमा एकैपटक सबैभन्दा धेरै कविहरूको कविता संलग्न कृति कुन हो? यी र यस्तै प्रश्नहरू लोकसेवा आयोगको परीक्षामा समसामयीक विषय अन्तर्गत कुनै पनि बेला सोधिन सक्ने एउटा योग्यताको प्रमाण बोकेर भर्खरै हाजिर भएको छ – इतर कविता ।

म आफै सहभागी(सफल हुन नसकेको) लोकसेवाको परीक्षामा सोधिएको एउटा प्रश्नले यो प्रश्नको पनि योग्यता पुगेको छ कि, भन्ने मेरो मुर्ख अनुमान हो । सोधिएको थियो – नेपाली साहित्यमा एकैपटक दशजना लेखकहरु द्वारा लेखिएको उपन्यास कुन हो? यो जवाफलाई छोडेर माथिल्लो प्रश्नको जवाफ दिनु पर्दा तपाईलाई कुनै पनि बेला चाहिन सक्ने जवाफ हो – इतर कविता । एकैपटक तीनसय चालीस कविको उतिकै संख्याको कविता संलग्न राखी इतर आवाज साहित्य समाज कोरियाले हालै एउटा विशाल कविताको हार्ड डिस्क तयार गर्यो । नेपाली साहित्य र खासगरी नेपाली कविताको हकमा यो आफैमा ऐतिहासिक र अतुलनिय योगदान त हुँदै हो ।

यतिखेर म पनि उनै कविता कृति अर्थात इतर कविता छामेर बसिरहेको छु । इतर कविता हातमा लिने वित्तिकै इतर आवाज साहित्य समाज कोरिया नामक एउटा जुझारु अनि वैचारिक साहित्यिक संस्थाको परिदृश्य आँखामा नाच्दै उपस्थित हुन्छ । अनि इतर साहित्य समाज नामक संस्थाको नाम लिन साथ आँखाको संझाल मा एउटा अर्को परिदृश्यको दस्तखत हाजिर हुन आउँछ । अकस्मात् अथाह प्रकाशको साथ चट्याङ पड्किन्छ । फेरी वातावरणले स्निग्ध बनि दिन्छ र पर्दामा चलचित्रको दृश्य नाच्नु अघिको न्यारेशन जस्तै पार्श्व ध्वनि बोकेर मनको छेउकुना भित्र इतर साहित्य समाजका साथीहरुको उज्यालो अनुहार दाखिल हुन थाल्छ ।

एउटा सुन्दर अनुहार बोकेको दृश्यमा अकस्मात् एउटा पार्श्व आवाज गुन्जिन थाल्छ । “त्यो अनुहार हो कवि डम्बर सुब्बाको । कवि डम्बर सुब्बाको कवितामा यति धेरै आशक्ति छ कि भनिसाध्य छैन । लास भई सकेर घाटमा लग्दा पनि कसैले कविता भन्यो भने उनी लास बाटै ब्युँझिन सक्छन् ।” हठात दृश्य परिवर्तन हुन्छ । कुनै न्यारेशन आउँदैन । केवल आप्ताङवा तिदाङवा आसपास थेबा साम धनुकाँड बोकेर कुदिरहेको दृश्य देखिन्छ । धनुकाँड बोकेको थेबा साम को दृश्य क्लोज क्यामेराले अझै नजिक नजिक तान्दै ल्याउँछ । नजिक पुगेपछि थेबासामको दृश्य कवि मातृका नेम्वाङको अनुहार संग साटिन्छ । एंवम रितले दृश्यहरुमा पौवाको नागबेली घुम्ती देखिन्छ । दृश्य घुम्दै घुम्दै अलि तल मालिंगे पुगेपछि बन्टे कटुस फुटाउँदै गरेको एउटा चितुवा देखिन्छ । त्यो चितुवा एक्कासी कवि कृष्ण किराँतको रूपमा समाहित हुन्छ । हठात सन्नाटा चिर्दै बम पड्किएको आवाजको साउण्ड इफेक्टका साथ पटुकीमा खुर्पा सिउरेर सिलीको लयमा खुट्टाको ताल बगाउँदै साकेला नाचि रहेकि युमाको साक्षात् स्वरूप बोकेकी एउटा सुन्दर युवतीको दृश्य घुम्न थाल्छ । फेरी न्यारेशन आउँछ । यि मान्छे हुन कविताको खानी कवि सुष्मा रानाहँमा । यिनको कवितामा जति क्रान्तिकारिता गुञ्जिन्छ, मेहफिलमा पनि यिनको क्रान्तिकारीताको सहज आभाष पाईन्छ । प्राय धेरै कविहरु अगाडि पोडियममा बसेर कृपया ताली बजाई दिनुहोला भन्ने घोषणा गरिरहन्छन् तर यिनी आफ्नो कवितामा वा.. वा.. वा.. भन्नेलाई मेहफिल मै कृपया वा वा नभनिदिनुस् मेरो कविता वा वा भन्न लायकको छैन भन्ने सहज आदेश दिन्छिन् ।”

अकस्मात् न्यारेसन दिइरहेको मान्छेको आवाज बन्द हुन्छ । अनि अगाडि भोका, नाङ्गा, आदिवासी जस्ता देखिने मान्छेको हुल अघि अघि कविहरु दीपा राई, उत्तम खजुम, सुनिल दिप्त राई, सुरेश सिंह सम्वाहाम्फे, शकुन आँसु, खोम गुरुङ र मधु सिन्जाली उफ्रिन्दै नारा जुलुसको नेतृत्व गरिरहेका बेला एउटा खिरिलो ज्यानको मान्छे एकदम हतारमा दगुर्दै आउँछन् । उनमा हतारो यति धेरै झलकिन्छ कि मानौं, आजै पृथ्वीमा प्रलय आउँदैछ । सुस्त सुस्त जुलुस लगाई रहेकाहरुको पंक्ति अब अलिक छिटो छिटो अघि बढ्न थाल्छ । अघि हतारोमा आएका मान्छेको स्केच प्रष्ट संग देखिने गरी क्यामेराले फोकस गर्छ । भीडमा अरु मान्छेको दृश्य ब्लोर हुँदै जान्छ । इतर साहित्य समाजका नेतृत्वकर्ता कवि पराजित पोमुको हसिलो अनुहारले आँखाको अघिको पर्दाको दृश्य पुरै ढाकीदिन्छ ।
“या,,,,, खे…… सेकी इल हार आन्नावा?” (ओइ काम गर्न आउँदैनस्?), चट्याङ भन्दा कर्कश आवाज कानमा ठोकिन आईपुग्छ । झल्याँस्स व्युझिन्छु । ढोकामा कम्पनीको फानजाङ (क्याप्टेन) बाघको जस्तो अनुहार बनाएर उभिरहेको छ । कम्पनीको एक घण्टाको लन्च ब्रेकमा किताब पढ्न(हेर्न) बसेको म त झ्याप्प निन्द्रामा पुगी सकेको र ‘छु । किताब बनाउँदा साथीहरुले स्लिपिङ ट्याब्लेट को गन्ध पो मिसाउँछन् कि । किताब छोयो कि मुन्टो जोत्तिन थाली हाल्छ । हत्तपत्त इतर कविता टेबलमा फ्यात्त फाली राखेर बाघ जस्तो फानजाङको अनुहार छल्दै मेसिनको जंगल तिर कुद्छु ।

काम सकेपछिको साँझ – अगाडि इतर कविता यथावत उत्तानो परिरहेकोछ । क्रमश इतर कवितासँग मेरो आकर्षण बढ्दै जान्छ ।

नेपाली कवितामा एकलकाँटे चिन्तन हावी छ । खास एउटा समुदाय र रेखाबाट आवाज मुखरित कवितालाई फरक कित्तामा उभ्याउने गरिन्छ । पहिचानवादी कविहरु यसपटक कित्ताकाट गरेरै आएछन् । इतर कविताको ढाकर खेपेर । पहिचानवादी साहित्यको कित्ताले सत्ताको मूलधारमा रहेका जाती समुदायको भाषा, लिपि, धर्म, संस्कार र समाजका कुरा सम्बोधन हुँदैन भन्ने चिन्तन नराम्रो संग हेजोमोनाइज्ड भएर बसेको छ । तथापि बढ्दो विश्वव्यापीकरणको प्रदूषणले नेपालमा आफूलाई सदैव केन्द्रमा राख्ने समुदायको पहिचान कुनै पनि बेला धरमराउने दिन नआउला भन्न सकिन्न । अत: समयले नेटो नकाट्दै पहिचानको पक्षमा नेपालको सबै पक्ष र जातका कविहरुले पसाङ्गिएको र बाउठिएको आ-आफ्नो विचार त्याग्न जरुरत छ ।

कथित मान्छेहरु
कोही शास्त्रको तरबार लिएर
कोही कर्मवादको तरबार लिएर
कोही वहिष्करणको तरबार लिएर
प्रहार गरिरहेछन् तिनका कन्चटमा
अनि,
त्यही मृत प्रश्नहरूको सिँढी चढेर लम्कि रहेछन्
अहंकारको पहाड

(हरिशरण परियार, प्रश्नहरूको संहार, पृष्ठ १८९)

विश्व साहित्यमा पहिचान को मुद्दा कहिले र किन लेखियो भन्ने कुरामा धेर थोर हामी जानकार नै छौँ । नेपाली साहित्यमा ढिलोगरी पहिचानवादी साहित्य लेखनले प्रवेश पायो । बीसको दशक आसपास वैरागी काइँला हरुको तेस्रो आयाम मार्फत नेपाली कवितामा पहिचानवादी मुद्दाहरूले स्थान पाए पश्चात चालिस र पचासको दशकमा यसले थप हुर्किने मौका पायो । साठीको दशक यता के भईरहेको छ भन्ने कुरामा हामिलाई यकिन जानकारी छ नै । तथापि मैले माथि पनि उप्काए नेपाली साहित्यमा पहिचानवादी साहित्य भन्नाले आदिवासी, जनजाति र मधेसीको मुद्दा/सौन्दर्य लेखिने विषय मात्रै हो भन्ने एकलकाँटे सनातनिय बुझाई निर्माण हुँदै गएको देखिएको छ । यो सनातनिय बुझाईले ल्याउन सक्ने सम्भावित नाफा घाटाको लेखाजोखा अहिले नै गर्न हतारो होला । पर्खौ र हेरौँ । समयको गर्भले पहिचानवादी बुझाइको आकुञ्चित चैतन्यतालाई फराकिलो बनाउँदै पनि लग्ला ।

घिटिक्क घिटिक्क
कोमामा कालसँग पैठेजोडी खेलिरहेको
हाम्रो तरन सौन्दर्य र गुह्य ज्ञानहरुले
कहिले सम्म बेसहारा बाँची रहनु पर्ने?
अनि
लावालस्कर लागेर बसाइँ सारिएकाहरु ले
कहिले सम्म तरनको तिर्खामा छतपटाई रहनु पर्ने हं ।

(केदार संकेत, वादविवाद विहिन संवाद पृष्ठ ३३)

पछिल्लो छिमलका लेखन परम्परा थुप्रै थुप्रै संक्रमणबाट गुज्रीरहेको छ । कलमका निबहरु कथित सनातनिय अहमतावादी विचारका पेदु पेदु भारीहरु ले थिचिएर स्वंतन्त्रता पूर्वक अक्षर जन्माउन असमर्थ छन । सनातनिय अहमताको जरा अहिले कथित राष्ट्रवादी चिन्तनको पाताल सम्मै मज्जाले भासिन्दै गएपछि हुर्किरहेको एकात्मकवादी चरित्र हांगा विंगाहरुमा यत्र तत्र देखिन थालिएको अनुभूतिबाट जो कोही टाढा छैनौँ। सत्यतापूर्वक बक्दा हामीले देखेको परिस्थितिले गञ्जागोलको हद नाघ्दैछ । एकथरी छन सनातनिय अहमताको सौन्दर्यमा भ्यागुते फुल्याई फुलिएर कलमको निब स्वार्थको भंगालोमा चोबलेर लेखन परम्पराको मेलो धानेका । अर्को थरी छन जो सस्थापन र आफ्नो इतर बाहेकलाई गाली मात्रै ठोकेर अस्तित्व गुजारी रहेकाहरू । यिनै दुई खालेहरु को पेरीफेरीमा घुमेर पछिल्लो छिमलको नेपाली लेखन सँस्कृतिमा विकृतिको पहाड चुलिँदै गईरहेछ । यो विकृत प्रवृत्तिमा वागमती सफाई अभियान लिएर इतर कविता मैदान उत्रिएको रहेछ । इतर कविता हेरिरहँदा मलाई चै यस्तै अनुभूत भइरहेछ ।

यतिखेर
म हेरिरहेछु
आफ्नै हत्केलाको थाङ्कामा
निरन्तर घुमिरहेको समयको खोर्लो
अब निस्कनेछ यहाँ बाट
एउटा खतरनाक बदेल
घाती याम्बुको जरा जरा उधिन्दै
समयको तुफानी वेगमा

(लक्ष्मी रुम्बा, आदिम लय, पृष्ठ ९५)

पछिल्लो छिमले लेखन र खासगरी नेपाली कविताको ईतिबृत्ति केलाऊदा पहिचान इतर प्रवृत्तिका कविताहरू ज्यादा सिर्जना गरिएको पाइन्छ । समय र चेतनाको हिसाबले पछिल्लो छिमले कविताको प्रबृत्तिले कहीँ न कतै आफ्नोपनको किनारा छोएकै हुन्छ। तथापि धेरै जसो सनातनीय अहमतावादिहरु यि साँचो लाई जातिवादको विषय तर्फ मोडेर आफू कतै टाढा ध्यानस्थ हुने दाउमा छन् । यि र यस्तै यस्तै तमाम प्रश्न बोक्नेहरु को मुखमा इतर कविताले गज्जबको जवाफ खाँद्ने साहस गरेको प्रत्याभूत भईरहेछ ।

म आफ्नो तिर्खा मेट्न नदीसम्म आए
तर यहाँ सबै घाट नै तिर्खाएको देखें ।

(राकेशकुमार सिंह, मैले जे देखेँ, पृष्ठ १४३)

तीन सय चालीस कविका तीन सय चालीस कविता । कतै युद्दको धमास, कतै शान्तिको गीत, कतै राज्यको पिधमा पर्नुको पीडा त कतै आफ्नो पिता पुर्खाको पाइतालाले चुमेको माटोको सौन्दर्य हराउँदै गएको पिर । नेपाली साहित्यको साँघुरो परिधि तेस्रो आयाम मार्फत च्यातेर आएका अघिल्लो पुस्ताका “वैरागी काईला” देखि पछिल्लो छिमले साहित्यिक क्रान्ति कुकुर कविताका युद्द नायक “विवश बेनाम” सम्म अटाएको इतर कविता नेपाली कविता रूचाउनेहरु को लागि एउटा कम्प्लिट प्याकेज हो । अघिल्लो र पछिल्लो पुस्ताका जनजाति खेमाका प्राय सबै कविहरु को एकमुष्ट आवाज हो इतर कविता । र नेपाली साहित्य हेर्न कमजोर दृष्टि भएकाहरू को लागि एउटा फूल डोजको औषधि पनि हो इतर कविता।

एक बोध धारणा माटो अस्तित्व छामेर पाइतला उठाउँछ
एक बूँद धारणा उपस्थित समाएर पाखुरा गाड्दछ
एकमा एक दृष्टि जिब्रो टेकेर जिब्रो फुटाउँछ
चुक्किएर गएपछि खुट्टा चिडिएर हरियो जंगल रातो हुन्छ
छापेर आगो छलछाम र कपटपूर्ण सभ्यता हिलाउनेको खिलापमा
ऊ उठ्दछ । हिन्दछ….
ऊ उठ्दछ । हिन्दछ…..
तिमी लुई चौधौं रोपेर पेन्टागन उभ्याउने सपना टाङ्दछौं
सपना जो माथिबाट हत्केला झुण्ड्याएर

(संगम सुहाङ, एउटा रातो मानिस, पृष्ठ ६५७)

वाहिरी सभ्यताको खोजीको खातिर पृथ्वी छाडेको वाइजर यान आज हाम्रो सौर्य मण्डल भन्दा दूरदेखि हामीबाट निरन्तर अलग भईरहेछ । वाइजर यानले पृथ्वीको समय सूचक टाइम क्याप्सुल समेत बोकेर गईरहेको छ । वाहिरि कुनै सभ्यता भेटिएमा उनिहरु को लागि त्यो टाइम क्याप्सुल पृथ्वीको सभ्यता बुझाउन सक्षम रहनेछ । एवंम् रितले नेपाली कविताको आकाशमा नेपालको पहिचानवादी समाज र समयको परिभाषा बुझाउन इतर कविता टाइम क्याप्सुल को रूपमा पदार्पीत भएको छ । अहिलेको समाज र समय बुझ्न इतर कविता नहेरी धरै छैन ।

अहिले
समयको यो वल्लो डाँडामा आइपुग्दा
मेरा यी चिम्सा आँखाहरू माथि
मेरा यी थेप्चो नाकहरु माथि
मेरा यी आर्गनिक लवजहरु माथि
थोपरेर रोधिबारे अनर्गल विचारहरू
नफैलाउ महोदय !
दूर दराज सम्म अफवाह !

(गाैरी तमु, रोधीं भ्रम, पृष्ठ ४२)

लेखक कुकुर कविता आन्दोलनका अभियान्ता हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...