चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा दिवा वरुम्हाङ लिम्बू चयन


किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाले तेश्रो अधिबेसनबाट दिवा वरुम्हाङ् लिम्बुको नयाँ नेतृत्व पाएको छ । नेतृत्व पाएसँगै चुम्लुङ कोरियाले पहिलोपटक महिला नेतृत्व पाएको इतिहास पनि रचेको छ। फेब्रुअरी ९ तारीख आइतबारको दिन सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

चुम्लुङ शाखा बुसानको नयाँ समितिको उपाध्यक्षमा नफिसा लिम्बु र याम लिम्बु चयन भएका छन् भने सचिबमा सञ्जोग कन्दङ्वा र सह सचिबमा टीका राज पंधाक चयन भएका छन्। कोषाध्यक्षमा भने पुनः बिरबल केरुङ नै चयन गरिएको छ यसैगरी सदस्यहरुमा सुक्रराज कन्द्ङ्वा, सानु कन्दङ्वा, भुपाल योङ्हाङ, मेन्सन लिम्बु, बिरेन्द्र आङ्देङ्बे, सन्तोष लिम्बु, र सुगम जबेगु चयन भएका छन्।

बुसान आसपासबाट उल्लेख्य रुपमा लिम्बू समुदायको उपस्थिति रहेको अधिवेशनमा निवर्तमान सहसचिव डम्बर सुब्बाले स्वागत मन्तब्य राखेका थिए साथै सस्थाको प्रतिबेदन समेत प्रस्तुत गरेका थिए भने निवर्तमान कोषाध्यक्ष बिरबल केरुङ्ले आर्थिक प्रतिवेदन पेस गरेका थिए। आर्थिक विवरण अनुसार कूल आय ६,६२,८०,१९१ वोनमा कूल खर्च ५,६५,८७,४४९ वोन भएको र बाकि कोषमा ९६,९२,७४२ वोन बचत रहेको जानकारी गराएका थिए।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष मिराक पंधाक अग्निको प्रमुख आतिथ्य र , महासचिव सागर माङ्मुको विशेष आतिथ्य रहेको थियो भने निबर्तमान अध्यक्ष किरण कन्दङवाको सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रम निबर्तमान सचिव चिन्तित कन्दङ्वाले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...