प्लेटोनिक लव


प्रेम दिवसको चर्चा गर्दा हामी सेंट भ्यालेन्टाईनलाई मात्र सम्झन्छौ । उसैको नाममा भ्यालेन्टाईन डे मनाउने गर्छौ । यो प्रेम वासना र शारीरिक प्रेम हो । यो भन्दा टाढा रहेर वासना र शारीरिक सम्बन्ध विनाको प्रेम पनि हुने गर्छ । केवल भावनात्मक र आत्मिय प्रेम जसलाई प्लेटोनिक लव भनिन्छ ।

ग्रिक दार्शनिक प्लेटो जसको नामबाट यो प्रेमलाई प्लेटोनिक लव भनिन्छ । यसको प्रादुर्भाव वा परिकल्पना गर्ने पनि प्लेटो नै हुन । यहि कारण उनको धेरै आलोचना पनि भयो । अहिले पनि कसैले प्लेटोनिक लवको चर्चा गरेमा आलोचना गर्नेको संख्या मनग्य हुनेछ ।

“प्लेटोनिक लव”को चर्चा गर्दा भारतका महान कवि एवं नोवल पुरस्कार बिजेता रवीन्द्रनाथ टैगोरको गोप्य प्रेमको चर्चा आउँछ । उनको जीवनकालमा धेरैले थाहा पाउनै सकेनन् उनको कसैसंग प्लेटोनिक लव थियो भनेर । अर्जेन्टिनी लेखिका विक्टोरिया ओकेम्पो केवल २६ वर्षकी थिई जबकि टैगोर ६३ पुगि सकेको थियो । दुई बिच लामो समय “प्लेटोनिक लव” चल्यो । धेरै कविता टैगोरले उनको लागी कोरे । उनिहरुको प्रेम सम्बन्धको कथामा आधारित चलचित्र “Thinking of Him” हालै मात्र बनेपछि यो प्रेमकथाको चर्चा चल्यो ।

यसरी नै भारतीय शायर साहीर लुधियानवी र अमृता प्रितमको “प्लेटोनिक लव” धेरैले थाहा पाए । अमृताले चित्रकार ईमरोजसंग बिबाह गरे तर साहीर आजन्म अबिबाहित रहे र संसारबाट बिदा लिए ।

लता मंगेशकरको प्रेम भारतीय क्रिकेट खेलाडी एवं वीसिसिआई का पूर्व अध्यक्ष राज सिंह डूंगरपुरसंग रह्यो । न त लताले कहिल्यै बिबाह गरे न त डूंगरपुरले नै बिबाह गरे ।

यि सबै भावनात्मक प्रेम प्लेटोनिक लव हुन् । जीवनमा प्रेम अपरिहार्य छ । बिबाहित पुरुष वा महिला पनि तेश्रो ब्यक्तिसंगको प्रेम सम्बन्धमा हुने गर्छ । यदि भावनात्मक वासनारहित प्रेम सम्बन्ध छ भने यसले प्रेमको उच्चता प्राप्त गर्छ । यसर्थ यसलाई बौद्धिक प्रेम भनिन्छ । यदि यो तेश्रो प्रेम शारीरिक प्रेममा पुग्छ वा वासनामा डुब्छ भने यसले कलह निम्त्याउँछ, परिवारलाई छुटाउँछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!