कोरियामा कोरोना भाइरस संक्रमित बारे दूतावासको जरुरी सूचना
साैल-
दक्षिण कोरियामा केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा तिब्र बृद्धी भइरहेकोले सउल राजदूताबासले सुरक्षीत रहन अपिल गर्दै जरुरी सूचना जारी गरेको छ । कोरिया बासी नेपालीहरुलाई सम्बोधन गर्दै मंगलबार तेस्रोपटक विज्ञप्ती जारी गरी सार्वजनिक गपिरएको हो ।
हाल धेरै संक्रमित भेटिएको कोरियाको एक मुख्य शहर थेगु र वरीपरी बसोबास गर्ने नेपालीहरुलाई विषेश सावधानी अपनाउन विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरियन सरकारले सार्वजनिक गरेका सुरक्षित उपायहरुलाई प्रभाकारी ढंगले अवलम्बन गरी सुरक्षित रहन दूतावासले अनुरोध गरेको छ ।
कोरियन सरकारले रोगको शंका लागेमा हटलाइनमा कल गर्न सक्ने वा नजिकैको स्वस्थ्य सेवा केन्द्रमा गई चेक जाँच गर्न सकिने सार्वजनिक सूचना जारी गरेको छ । गैरकानुनी रुपमा रहदै आएका विदेशीहरुले पनि नडराई उपचार गराउन सकिने छ ।
यो समाचार बनाउदा सम्म कोरियामा ५ सय ५६ जना कोरोना भाइरस संक्रमति भएका छन् । ४ जनाको मृत्यु भएको छ । संक्रमितको शंकामा ६ हजार ३९ जना रहेका छन् ।