हामयाङमा लगातार नेपाली चेली प्रथम
फोनिज कोरिया संवाददाता
सोल-ग्यङसाङ नाम्दो हामयाङमा बहुसंस्कृतिक परिवार सेवा केन्द्रले हरेक बर्ष संचालन गर्दै आइरहेको कोरियन भाषा बोलाई प्रतियोगितामा नेपाली चेलीहरुले लगातार प्रथम स्थान हासिल गर्दै आएका छन् |
शनिबार भएको प्रतियोगितामा कृष्णमाया घलेले प्रथम स्थान हासिल गरेकी छिन् | नेपाली चेलीहरुले लगातार प्रथम हासिल गरेको यो पाँचौं पटक हो | बहुसंस्कृतिक परिवार सेवा केन्द्रमा कार्यरत येजीन गुरुङका अनुसार यो प्रतियोगिता हामयाङ जिल्लाकै ठुलो प्रतियोगिता हो |
३ बर्षअघि बैबाहिक भिसामा आएकी घलेले अन्य देशका ११ प्रतियोगीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी थिइन् | प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्रका साथमा परिवारसहित नेपाल आउने जाने हवाई टिकटका साथमा नेपाल बसिन्जेल खानेबस्ने खर्चसमेत आयोजकले व्यहोर्ने भएको छ ।