“कोरोना भाईरस”बाट बच्न नियमित ८ घण्टा आराम गर्नुस् -डा. राजेश चन्द्र जोशी


सोल । दक्षिण कोरिया

काेराेना भाईरस बाट बच्नकाे लागि काेरियामा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जाेशिले अात्म रक्षामा जाेड दिनु पर्ने सुझाब दिएका छन्।

कोरियामा रहेका डाक्टर  जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । वहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण सुझावहरु दिनुभएको छ ।
हात धुदा ३० सेकेन्ड भन्दा बडि राम्रो संग धारामा साबुन पानीले धुने, हात आखाँ, नाक , मुखमा नछुने , हाछयू गर्दा बाहुलाले छेकेर मात्र गर्ने , रुघा खोकी र ज्वरो आएको मान्छे संग बच्ने, त्यस्तो व्यक्तिको नजिक नजाने , गर्भवती र महिला र वृद्धले अझ बढि सचेत हुने । आफूलाई रुघा,खोकी लागेको छ भने आफू सचेत हुने यसले अरुलाई सर्न रोक्छ । ज्वरो र खोकी लागेको कोरोनाको शंका लागेमा ज्वरोको औषधी खाएर हेर्ने २÷४ दिनमा सन्चो नभएको अवस्था भो भने नजिकको हेल्थ पोष्ट वा १३३९ मा कल गर्न सकिन्छ ।

एरिया कोड संगै १२० मा कल गरेर कोरियामा जानकारी लिन सकिन्छ । बाहिर जादाँ पनि सम्भव भए आफ्नो सवारी साधन, नभए टयाक्सीमा जाने सकेसम्म सार्वजनीक बसहरु प्रयोग नगर्ने ।
हस्पिटल पुगेपछि डाक्टरको सल्लाह अनुसार गर्नु पर्दछ । केही रुखा खोकीमै कोरोना भनेर डराउनु नपर्ने वहाँको सुझाव थियो रुखा खोकी संगै ज्वरो पनि आउने यसको लक्षण हुन्छ । बृद्ध बृद्ध र बढि उमेरकोलाई चाडो सर्ने र युवा र केटाकेटीलाई असर अलि कम देखिने गरिएको डा। जोशीको अनुभव थियो । भाईरस धेरै घण्टा सम्म बाच्ने हुदा , बाहिर फलाम, काठ, भित्ता, ढोकाका हयाण्डील, भरयांग जस्ता हयाण्डल जस्ता अरुले प्रयोग गर्ने बस्तुबाट बच्ने वा यस्ता कुराहरुको प्रयोग पछि सकेसम्म पहिले हात ,मुख धोईहाल्ने । त्यो हातले सकेसम्म नाक मुखमा नछुने भनेको कारण र नियमित धुनु भएको कारण पनि त्यही हो ।
तातोमा बस्ने तर हयुमिडिटी ४० देखि ६० मा राख्ने , कोठामा वाफयुक्त बनाउन भिजेको ताबेल हरु राख्ने , पुरै डा«ईले पनि असर गर्छ ।
भिटामिन सि ५०० , १००० को यो पानीमा घुल्ने हुदा अलि धेरै हुदा केही हुन्न , मल्टी भिटामिन भिटामिनयुक्त खाना खाने , जिउलाई आराम गर्ने , नियमित ८ घण्टा सुत्ने । गाउँघरमा भन्ने गरिएको बेसार पानी , नाकमा तोरीको तेल लगाउने गर्दा पनि फाईदा नै पुग्ने छ ।
यस्तै गरी थेगुका रेष्टुरेन्ट व्यवसायी अर्जुन श्रेष्ठले मास्कको अभाव भएको बताउनु भयो । विभिन्न खाधान्न सामानको मूल्य पनि विगतको दिनमा बढेको , व्यापार व्यवसाय घटनुको साथै थेगुमा चहलपहल निकै घटेको जानकारी दिनुभयो ।
कोरियामा शनिवार विहान सम्म २९३१ सक्रमित सक्रमित संख्या पुगेको कोरियन सञ्चार माध्यम के वि एसले जनाएको छ ।

दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने भएका छन । नेपाली दुतावास दक्षिण कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए।
“कोरियामा कोरोना भाईरसको अवस्था” सम्बन्धमा शुक्रबार स्टार रेमिटले गरेको विशेष कार्यक्रममा बोल्दै काम छोडेर बसेका सम्पूर्णको लागि २ महिना थप हुने बताएका हुन । यस अनुसार अब ७ दिन समय बाकीले थप २ महिना थप हुदा २ महिना ७ दिन र १ महिना बाँकी हुनेको २ महिना थप्दा ३ महिना समय पाउनेछन ।

कोरियामा कम्पनीबाट पाउने रकम भने कोरियन कम्पनीसंग लिन सामसुङको विमा र टिकटको रकम नेपालबाट पनि पाउन सकिने पनि बास्तोलाले जानकारी दिनुभयो । भाईरसको कारण अनलाईन प्रणालीबाट नै विभिन्न सेवाहरु दिन थालेको हुदा भौतिक उपस्थित हुन जरुरी नरहने पनि बास्तोलाले जानकारी दिनुभयो ।

भाईरसबाट सचेतना जगाउन एन आर एन संग मिलेर कार्यक्रम गर्दै आएको र आफूहरु गम्भीर रहेको वहाँले बताउनुभयो । कोरियामा असहज परिस्थितीरहेपनि कोरियामा आत्तिनु नपर्ने , यहाँको लागि कोरियन सरकारले पनि विशेष ध्यान दिने हुँदा नेपालमा रहेका आफन्तले पनि चिन्ता नगर्न बास्तोलाले अनुरोध गर्नुभयो ।

कोरियन सरकारले दिएको उच्च शतर्कता घोषणा गरेर लागेको हुदा उनीहरु नियमति दिने सूचना पालना गर्ने तर आत्तिनु नपर्ने र सचेतता भने अपनाउनु पर्ने बताउनुभयो ।
यस अघि कोरियाले केही अन्य भिसामा रहेकालाई ५० दिन थप्ने समेत निर्णय गरेको थियो । कोरियामा पछिल्लो दिन थेगु र अन्य क्षेत्रमा पनि सक्रमित बढदै गएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...