विहीबारदेखि कोरियन विमानस्थालमा आगमन सबै यात्रुहरुलाई कोरोनाको विषेश परिक्षण गरिने
दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेशबाट आउने सम्पुर्ण आगमन यात्रुहरुलाई विहीबार (मार्च १९ ) देखि कोरोनाको विषेश परिक्षण गर्ने भएका छन् । हरेक यात्रुलाई जिब्रोको थुक सहित स्याम्पल लिएर विस्तृतरुपमा परिक्षण गर्न लागेको कोरियन संचारमाध्यामले जनाएको छ ।
विमान स्थलबाट घर पठाएपछि पनि उनीहरुलाई स्थानिय स्वास्थ्य केन्द्रले १४ दिन सम्म निगरानीमा राखी सोधपुछ गर्ने छन् । हालसम्म विमानस्थलमा आगमन यात्रुलाई तापमान यन्त्रमा हेर्दै रातो खतरा देखिनेलाई मात्रै विषेश परिक्षण गर्दै आएका थिए ।
पछिल्लो समय मंगलबार विदेशबाट आएका विदेशी र कोरियन नागरीक गरी छ जानमा कोरोना भाइरस संक्रमण भेटिएपछि कोरियन सरकारले विदेशबाट आउने सम्पुर्ण यात्रुलाई विषेश परिक्षण गर्न लागेका हुन ।
कोरियन एयरलाइन्स अब साताको एक दिन मात्रै नेपाल जाने भएका छन् ।