दक्षिण कोरियामा रहेका ६० जना विदेशी कोरोनाबाट संक्रमित
दक्षिण कोरियामा रहेका ६० जना विदेशीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको देखाएको छ । सोमबार कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग केसीडीसीले यो तथ्यांक सार्वजानिक गरेको हो ।
संक्रमित मध्ये चीनियाँ नागरिक ३८ जना छन् भने अमेरिकी नागरिक ७ जना रहेका छन् । त्यस्तै भियतनाम, मंगोलिया, थाईल्यान्ड, अस्टे«लिया र अर्जेन्टिनाका दुई दुई जना संक्रमित छन् । त्यस्तै जापान, इन्डिोनेसिया, मलेसिया, उज्बेकस्थान र पोल्यान्डका एक एक जना संक्रमित भेटिएका छन् ।
संक्रमित मध्ये ६ जना चीनिया, फ्रान्स र पोल्यान्डका नागरिकलाई दक्षिण कोरिया प्रवेश गर्नु पहिले नै एयरपोर्टमै संक्रमण देखिएको केसीडीसीले जनाएको छ ।
यस अघि गरिएका तथ्यांकमा विदेशी संक्रमित भनेर छुट्याएको थिएन । यस मध्ये रोजगार अनुमति प्रणाली ईपिएस मार्फत कोरिया आएर काम गर्ने कामदारहरु कति हुन भन्ने पनि खुलाएको छैन । मंगलबार साँझसम्म दक्षिण कोरयामा कोरोनाबाट ८ हजार ३ सय २० जना संक्रमित भएका छन् भने ८१ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा एक जना मात्रै विदेशी छन् । मंगोलियाका नागरिक कोरियामा मृगौलाको प्रत्यारोपनका लागि आएको र कोरोना संक्रमणको कारण मृत्यू भएको थियो ।
दक्षिण कोरियामा रहेका नेपालीहरु पनि सोमबारसम्म कसैलाई पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छैन । दक्षिण कोरियामा ४५ हजार भन्दा बढि नेपाली रहेका छन् ।