ओखलढुंगा सेवा समाज कोरियाद्वारा बिरामी श्यमिका राईलाई आर्थिक सहयोग
मानेभञ्ज्याङ् गाउपालिका-६ हिलेपानी,ओखलढुंगाकि श्यमिका राईलाई ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। निज विरामीकै डेरामा मार्च २३ सोमबारका दिन संकलित रकम ४,९३,६०० रुपैयाँ हस्तान्तरण गरिएको थियो। SLE नामक विविध जटिल रोगहरुबाट ग्रसित उनी कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भोगिरहेकि हुनाले उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्।
ओसेस सल्लाहकार श्री पचु राम राईको संयोजकत्वमा कार्यसमिति सदस्य रमेश राईलाई सहयोग सङकलक तोकि “श्यमिका राई बचाउ १ महिने अभियान” सन्चालन गरि सहयोग संकलन गरिएको थियो। सङ्कलित रकम ओसेसका पूर्व अध्यक्ष मान सिंह गुरुङ,पूर्व कोषाध्यक्ष सुमन कार्की,सल्लाहकार पार्वती मोक्तान,सल्लाहकार पासाङ शेर्पा तथा राष्ट्रिय गानका रचयिता व्याकुल माइला र सन्चारकर्मी सिता राईको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो।
सेवा समाजले उपचारमा थप नपुग रकम सहयोग गरिदिन पनि अन्य मनकारी महानुभावहरुमा हार्दिक अपिल साथै विरामीको सिघ्र स्वास्थ लाभको कामना गरेको छ।