समयको खेल (कविता)

खै म लासको चाङ्गमाथि उभिएर
कसरी शीर ठाडो पारी आकाशतिर हेरुँ
ती चम्कीरहेका ताराहरु
अनी धपक्क बलिरहेको चन्द्रमा
परिवर्तन समयको दासी मानव
भोग्नुपर्छ उतारचढाव
नियतिको झेल नेल जेल सबै सबै
संसार छाड्नेहरु छाडीरहेछन्
थाहा छैन, उनिहरु स्वर्ग मा पुगे या नर्क
बाँच्नेहरु पनि सबै सबै बन्धकमा छन्
डरमा छन् त्रासमा छन्
आशुँ र पीडै पीडामा छन्
कोही भोकले छ्टपटाई रहेछ
कोही रोगले छटपटाई रहेछ
कोही परदेशमा रोई रहेछ
अझ सारादुनिया नियतिको पिटाई खाईरहेछ
लाठी मुङ्ग्रा
बम बारुद
हतियार खुकुरी
बल घमण्ड
रिस राग
तिरस्कार
जम्मै समयको बल सँग बेकार हो
अधेँरिमा सुतिरहेको
सड्क बिचको क्याट आइज पनि बल्छ बल्दैन
थाहा छैन
किनकी त्यो पनि गाडिको आँखामा त बल्ने होनी
गाडी नचले पछी त्यो पनि बेकार
हजारौ टुहुरा भए
हजारौ को सिउदो पुछिए
हजारौको कोख रितिए
हजारौ साहाराबिन भए
उफ भगवान छ छैन
थाहा छैन
कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।