कोरियाले कोरोना संक्रमितलाई निको पार्ने फरक उपचार प्रक्रिया पत्ता लगायो
कोरोना भाइरस (कोविद १९) ले विश्वलाई आतंकित पारीरहेको छ । हालसम्म यसको उपचारको लागि कुने औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले विश्वका बैज्ञानिकहरु हाल औषधी पत्ता लगाउन दिन रात खटिरहेका छन् । तर यस्तै बेला दक्षिण कोरियाले भने कोरोना संक्रमितलाई निको पार्न फरक उचार विधी रगत प्लाज्मा थेरापी अपनाएका छन् ।
यस रगत प्लाजा उपचारविधीद्धारा २ जना संक्रमितको निको भएको मंगलबार कोरियाका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ । यस प्रविधिमा संक्रमितबाट निको भएका व्यक्तिको रगत संक्रमित व्यक्तिमा दिएर उपचार गरिने छ ।
भाइरस संक्रमनबाट निको भएको ७१ वर्षिय पुरुषको रगतलाई उच्च रक्तचाप भएका ६७ वर्षिय स्रक्रमित दुई महिलामा पहिलोपटक सो परिक्षण गरिएको थियो । महिलाहरु सोमबार भाइरस संक्रमनबाट मुक्त भएपछि सार्वजनिक गरिएको हो ।
यो सफल परिक्षणले विरामीहरुमा कुनै पनि गम्भीर प्रतिकूल प्रभाव नपारिकन उपचार गर्न थप विकल्प हुन सक्ने चिकित्सकहरुले आशा राखोका छन् । तर सबै भाइरस बिरामीहरूको लागि सफल र प्रभावकारी हुन नसक्ने चकित्सको भनाइ छ ।