कोरियामा दुई महिना पछि नयाँ कोरोना संक्रमित विरामी न्युन


दक्षिण कोरियामा दुई महिना पछि पहिलो पटक कोरोना भाइरस (कोभिड १९)बाट संक्रमितको संख्या १० को हाराहरीमा झरेको छ । आइतबार नयाँ संक्रमितको संख्या ८ जना थियो भने सोमबार १३ जना छन् । शनिबार नयाँ संक्रमितको संख्या १८ थियो । झन्डै दुई हप्ता देखि संक्रमित विरामीको संख्या ५० जना भन्दा कम छ । कोरियाली सरुवा रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केसीडिसी)ले आइतबार जनाए अनुसार ६१ दिन पछि पहिलो पटक नयाँ संक्रमितको संख्या १० भन्दा कम भएको हो ।
कोरियामा पहिलो पटक जनवरी २० मा कोरोना भाइरस संक्रमित भेटिएको थियो । फेबु्रअरी १८ सम्म थोरै संख्यामा कोरोना संक्रमित भेटिए पनि सोही महिनाको २९ तारिखमा एकै दिन सबै भन्दा बढि ९ सय ९ जना संक्रमित भएका थिए । धेरै विरामी सिन्चान्जी धार्मिक समूहका थिए । कोरियाली सरकारले सो धार्मिक समूहका २ लाख भन्दा बढि मानिसको कोरोना भाइसर परिक्षण गरिएको थियो । अहिलेसम्म ५ लाख ५० हजार १ सय ९ जनाको भाइरस परिक्षण गरिएको कोरियाली स्वस्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार ८ हजार जना शंकास्पद मानिसहरुको कोरोना भाइसर परिक्षण गरिएकोमा शनिबार संख्या घटेर ४ हजार जनाको मात्रै परिक्षण गरिएको थियो ।
अहिलेसम्म कोरियामा १० हजार ६ सय ६१ जना संक्रमित भएका छन् । जस मध्ये २ सय ३४ जनाको ज्यान गएको छ भने ८ हजार ४२ जनाको सफल उपचार भएको छ । १ सय ७९ जनालाई पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरियामा कोरोेना संक्रमणबाट २.१९ प्रतिशत मृत्यूदर रहेको छ । ७० बर्ष भन्दा बढि उमेरका विरामीको मृत्यु दर ९.६५ छ भने ८० बर्ष भन्दा माथिका विरामीको मृत्युदर २३.२४ रहेको छ ।
कोरोनको संक्रमण घटे पनि यहाँको सरकारले कोरोनाबाट बच्नका लागि अझै पनि ठूला सभा समारोह गर्न दिएको छैन । सामाजिक दुरी कायम गर्ने नियम मे ५ सम्मका लागि बढाईको छ । विद्यालय, जिम, नाइट क्लव, चर्चहरुमा भेला हुन नदिने निर्णयलाई पनि निरन्तरता दिईको छ ।
गत बुधबार भएको आम निर्वाचनमा २ करोड ९० लाख भन्दा बढि मानिसले भाग लिए पछि कोरोना संक्रमितको संख्या पनि बढ्न सक्ने भन्दै सबै कोरियाली नागरिकलाई सचेत रहन सरकारले आग्रह गरेको थियो । तर पनि निर्वाचनमा सहभागी भएका कारण कोही पनि संक्रमित भएका छैनन् ।
कोरियामा अप्रिल ३० मा मनाउने बुद्ध जयन्ती र मे पहिलो हप्ता हुने वाल दिवसका कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ । बुद्ध जयन्तिमा सोलमा विश्वका ३० भन्दा बढि देशका बौद्धमार्गीहरुको ठूलो पदयात्रा र कार्यक्रम हुने गर्दछ । ल्यान्टर्न फेस्टिवल भनेर मनाइने यो कार्यक्रम सोलको मुख्य शहर दोङदेमुन हिस्ट्रि एन्ड कल्चर पार्क, जोङगाग, जोगेशाको सडकहरुमा लाखौ मानिसले पैदल यात्रा गर्ने भएकोले कोरोना भाइरस सर्न सक्ने भएकोले समेत सरकारले कार्यक्रम रोक्न आग्रह गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...