माघ ३ गते हिउँपहिरो परेर हराएका थप २ काेरियाली नागरिककाे शव फेला


अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्राका क्रममा गत माघ ३ गते हिउँपहिरो र आँधीमा परेर हराएका २ काेरियाली नागरिककाे फेला परेको छ। स्थानीयबासी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कर्मचारीले शनिबार थप २ जनाको शव फेला पारेका हुन्।

शवको कस्काे भन्ने पहिचान हुन नसके पनि काेरियाली नागरिककै हुन सक्ने पर्यटन प्रहरी पोखराका प्रमुख इन्स्पेक्टर गणेश खनालले बताए। ‘शव हेरेर मात्र पहिचान गर्न सकिने अवस्था छैन’ उनले भने, ‘पोष्टमार्टम गरेपछि कसको शव भन्ने खुल्ला कि।’

फेला परेको शव हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ। पर्यटन प्रहरी इन्स्पेक्टर खनालले काठमाडौंको टिचिङ अस्पतालमा उनीहरुको पोष्टमार्टम गरिने बताए।

नेपाली सेनाको हेलिकप्टरबाट शव ल्याउने भनिएपनि मौसममा आएको परिवर्तनका कारण हेलिकप्टर उड्न सकेको छैन।

हिमपहिरोमा हराएका ७ जनामध्ये यसअघि २ जना नेपालीको शव फेला परेको थियो। जसमध्ये धादिङको गंगाजमुना गाउँपालिका ११ का ५१ वर्षीय मेमबहादुर तामाङको शव बैशाख ४ गते फेला परेको थियो भने अर्का नेपाली पर्यटक गाइड सरोज नेपालीको शव चैत पहिलो साता फेला परेको थियो।

दुई जना नेपालीको शव भेटिएपछि बाँकी एक नेपाली र ४ जना कोरियाली पर्यटक बेपत्ता थिए। शनिबार भेटिएको शव नेपालीको होकी होइन भन्ने यकिन नभएको इन्स्पेक्टर खनालले बताए। हिउँपहिरोमा परेर हराएका बाँकी ३ जनाको खोजी पनि तीब्र पारेको उनको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...