Advertisement
SKIP THIS

एनआरएन ख्यासाङ क्षेत्रीय समिति पुनर्गठन


एनआरएनए ख्यङसाङ क्षेत्रिय समिति दक्षिण कोरिया ले कार्यसमिति लाई पुर्णता दिएको छ । आइतबार क्षेत्रिय कार्यलय किम्हेमा भएको भेलाले कार्यसमितिलाई पुर्णता दिएको हो ।
भेलामा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई, ख्यङ्सान एनआरएनएका निवर्तमान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थिति रहेको थियो । भेलाले सन्जिब राईको अध्यक्षतामा तीन सदस्य निर्वाचन समिती गठन गरेको छ ।
कार्यक्रमबाट सर्वसम्मत रूपमा भेषराज दाहाल अध्यक्षमा चयन भएका छन् । बिगत तीन महिना देखि तत्कालिन अध्यक्ष पुनः कोरिया प्रवेश नगर्ने गरि राजिनामा दिई स्वदेश फिर्ता भएपछि उक्त पद रिक्त रहन गएको थियो । उक्त रिक्त पदलाई पुर्णता दिनको लागि केन्द्रीय कमिटिको विशेष अनुरोधमा उक्त भेला राखिएको वर्तमान अध्यक्ष भेषराज दाहालले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा एनआरएनए केन्द्रीय अध्यक्ष यज्ञराज सुवेदी, विशिष्ट अथितिको रूपमा एनआरएनए केन्द्रीय उपाध्यक्ष संजीव कुमार राई र निबर्तमान क्षेत्रिय अध्यक्ष उमेश मेवाहाङ राईले शुभकामना मन्तब्य राखेका थिए ।
दक्षिण कोरियाका विभिन्न संघ संस्था,ब्यवसायी तथा अन्य महानुभावहरूलाई कोविड १९को कारण समाजिक दुरि कायम गर्नु पर्ने भएकाले आमन्त्रण गर्न नपाएकोमा एनआरएनए क्षेत्रिय कार्यसमितिले क्षमायाचना सहित दुख व्यक्त गरेको छ । निकट भविष्यमै कोरोना भाइरस निर्यन्त्रण भएपछि सम्पुर्ण पक्षलाई निमन्त्रणा गरि छलफल तथा चियापान कार्यक्रम राखिने नव निर्वा्चित अध्यक्ष भेषराज दाहालले बताए ।
कार्यसमितिमा उपाध्यक्ष शुजता वस्नेत, महिला तर्फको उपाध्यक्षमा शिला मास्के, सचिव शिव प्रसाद भट्ट, सहसचिव दिपक रिमाल, कोषाध्यक्ष खिम काउचा मगर, सदस्य हिमाल पौडयाल, शुक राज तामाङ, सानु राज मगर, गोकुल पौडयाल, विष्णु थापा, किम युमि (योगिता गौतम) र विष्णु वन्जाडे रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...