संस्कृत भाषा पढाउने निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले विज्ञप्ति निकालेर विराेध


कक्षा १ देखि संस्कृत भाषामा पठनपाठन गर्ने सरकारकाे निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले एक विज्ञप्ति निकाल्दै विराेध गरेकाे छ । महासंघकाे अध्यक्ष युगेल तेन्डुप शेर्पाद्वारा हस्तक्षर गरिएकाे विज्ञप्तिमा ‘नेपाल १२३ भन्दा बढी मातृभाषाहरू बोलिने बहुभाषीक, बहुजातिय, बहुसास्कृतिक, विविधतायुक्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यबस्था भएको मुलुक हो । हालै नेपाल सरकारको शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वि.स २०७६/१०/२ मा बसेको बैठकको निर्णयबमोजिम संस्कृत विषयलाई यही २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारको यसप्रकारको एकल जातिय भाषालाई मात्र संरक्षण गर्ने गराउने कदम प्रति घोर निन्दा एवं भर्त्सना गर्दछौ ।’ भनिएकाे छ ।

‘नेपालको संविधान २०७२, मौजुदा कानून र परिवर्तनको मर्म र भावन अनुसार माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै केन्द्र सरकारले कोरोना महामारी र बन्दाबन्दीको बेला परेर बिगतमा विभिन्न कालखण्डका एकात्मक निरंकुश शासक र सरकारले राज्यको ढुकुटी खर्चेर जबर्जस्ती लादेर पनि मृतप्राय र लगभग ब्यबहारिक रूपमा प्रयोगमै नरहेको त्यस संस्कृत भाषालाई मात्रै फेरि पनि शाहीकालीन, राणाकालीन र पञ्चायती शासन व्यवस्थामा झैँ पक्षपोषण गरिनु, जबर्जस्ती लाद्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको धज्जी उडाउनु हो । देशमा भएको परिवर्तनको खातिर समानताको लडाईमा शहिदभएका महान शहिदहरूको वलिदानीको खिल्ली उडाउनु हो । जनान्दोलन, जनयुद्द, मधेश विद्रोह, आदिवासी आन्दोलनको माग र सम्झौता विपरीत आएको यो असंबैधानिक, असमानुपातिक, असमावेसी निर्णय तत्काल फिर्ता लिन पनि सरकारसँग माग गरेकाे छ ।’
महासंघले आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र अनुसार नेपालमा बोलिने सबै रैथाने मातृभाषाहरूको पाठ्यक्रम,पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको व्यवस्था गर्न गराउन संघ,प्रदेश र स्थानीय तहको सरकारसँग माग गरेकाे छ । सरकारको यस गैरजिम्मेवार र प्रतिगमनकारी कार्यको विरुद्ध आदिवासी जनजाति महसंघ संघीय परीषदले गर्ने सबै खाले बिरोधका कामकारबाहीहरु प्रति नेफिन कोरियाको पुर्ण एक्यवद्धता जनाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

विज्ञप्तिकाे पूर्ण पाठ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...