कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार


दक्षिण कोरियाका प्रमुख कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरेका छन् । कोरोना भाइरस(कोबिड – १९) महामारीका कारण फेब्रुअरी र मार्चको बिचमा मात्रै देशको ठुलो कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरिएको जनाएको छ ।

सिईओ स्कोर(CEO Score) नामक ब्यापारीक कन्सल्टेन्सीले गत हप्ता प्रकाशित एक तथ्यांक अनुसार कोभिड – १९ का कारण सिर्जना भएको आर्थिक मन्दीको सामान गर्ने रणनीति अन्तर्गत ठुलो कम्पनीले यसरी कामदार कटौती गरिएको जनाएको छ । कोरोना कहरबाट कोरियामा बढी मात्रामा खुद्रा, वितरक र खाद्य तथा पेय पदार्थको कम्पनीहरु प्रभावित भएका छन् ।

सिईओ स्कोरले ५ सय भन्दा बढी शिर्ष कम्पनीहरुको राज्य पेन्सन सदस्यता डाटामा आधारित तथ्यांक प्रकाशित गरेको हो । एक भन्दा बढी कोरियाली कर्मचारी भएका कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निवृत्तिभरणको लागि बाध्य पारेको जनाएको छ । प्रकाशित उक्त तथ्यांक अनुसार ५ सय कम्पनीहरुमा काम गर्ने कामदारको संख्या मार्च ३१ मा १६ लाख ४४ हजार ७ सय अठसठ्ठी छ । यो संख्या जनवरीको भन्दा दश हजार ८ सय चवालीसले कमी हो ।

तर इपिएस मार्फत आएको प्रवासी मजदुरहरु भने कुनै कम्पनीबाट अहिलेसम्म निस्कासनमा नपरेको प्रवासी मजदुर संगठन(एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए । ‘प्रवासी मजदुर साथीहरु निष्कासनमा परेको आधिकारिक समाचार मैले अहिले सम्म पाएको छैन । तर कोरोनाको प्रभावले अर्थतन्त्रमा निकै प्रभाव पारेकाले कम्पनीमा काम भने पहिलेको भन्दा घटेको छ ।’ राईले भने ।

साथै बेरोजगारको संख्या वृद्धि हुने देखेपछि बढी उमेर भएका कोरियन कामदारहरुलाई स्वैच्छिक अवकाशको निति सरकारले लिएको अध्यक्ष राइले जानकारी दिए ।

यी १० कम्पनीहरूले सबैभन्दा धेरै मात्रामा कामदार कटौती गरे:

१. CJ CGV (चलचित्र थिएटर फ्रैंचाइजी): २३३१

२. सीजे फूडभिल (रेस्टुरेन्ट फ्रन्चाइजी): १६२९

३. स्टारबक्स कफी कोरिया: ८५९

४. लोटे सपिङ : ८२७

५. डुसान हेभी इंडस्ट्रीज: ६७८

६. डाइसो (दैनिक आवश्यकता स्टोर फ्रेंचाइजी): ६२०

७. कोरिया एक्सप्रेसवे निगम: ५७३

८. जी एस रिटेल: ५२८

९. कोरियन एयर: ४७०

१०. कारनिंग इन्कर्पोरेट : २३९

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...