सउलका सबवेहरुमा मास्क नलगाई हिड्न नपाइने, थप ३५ जनामा कोरोना संक्रमण


सउल । मे १३ देखि दक्षिण कोरियाको राजधानी सउलका सबवे रेलहरुमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस मास्क लगाउनु पर्ने भएको छ ।

सइल शहर सरकारका अनुसार भीडबाट हुँदा कसैले मास्क नलगाएमा टिकट नदिने वा प्रवेश निशेध गर्न सकिने बताएको छ ।

मास्क नभएका यात्रुहरूले भेन्डिङ मेसिन(अटोमेटिक किन्न सामान सकिने मेसिन) वा सबवेको स्टोरहरुमा किन्न सकिने बताएको छ ।

यो नियम यात्रुको अत्याधिक चाप हुने समयको लागि लागु हुने छ । जुन बिहान ७ बजे देखि ९ बजे सम्म र बेलुकी ६ बजे देखि ८ बजे सम्म हो ।

करिब १ महिना देखि राजधानी सउल तथ समग्र देशमा कोरोना संक्रमितको संख्या निकै कम मात्रामा फेला परेको थियो । तर आइतबार मात्रा सउलकै इथेवनका क्लब हरुमा मार्फत एकैचोटि ३४ जनामा संक्रमण फैलिएको फेला परेको थियो । आज सोमबार नै एथेवेनका क्लबहरु सँग सम्बन्धित संक्रमितहरुको संख्या ८६ जना पुगेको छ । यो संगै दक्षिण कोरियामा फेरि कोरोना संक्रमण फैलिने क्रम बढ्न सक्ने आँकलन गरिएको छ । त्यसैको सतर्कता स्वरुप सउल शहर सरकारले यस्तो कदम चालिएको अनुमान गर्न सकिन्छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र कोरिया (केसीडीसी)को सोमबार(मे ११)को तथ्यांक अनुसार आजको थप ३५ जना सहित कोभिड १९ को संक्रमित संख्या जम्मा १० हजार ९ सय ९ जना पुगेको छ । त्यस्तै ९ हजार ६ सय ३२ जना उपचार पछि घर फर्किसकेका छन् । त्यस्तै मृत्यु हुनेमा २५६ जना रहेको छ । आसोलेसनमा जम्मा एक हजार २१ जना रहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...