एनआरएनए कोरियाका पदाधिकारीद्धारा पत्रकारलाई धम्की : पत्रकार महासंघको विरोध


नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मंगलवार एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा रहेका पत्रकारलाई गैर आवासिय नेपाली संघका पदाधिकारीहरुबाट आएको धम्की तथा गाली बेइज्जत गर्ने कार्यको विरोध गरेको छ ।
महासंघका अध्यक्ष रन्जनराज कुँवर र महासचिव मिन विकले हस्तक्षर गरेको विज्ञप्तिमा कोरियामा पत्रकारिता गर्दै आएका पत्रकारलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) कोरियाको बारेमा प्रकाशित समाचारलाई लिएर संघको केही पदाधिकारीले सामाजिक संजालमा गाली बेईज्जत गर्दै धम्की समेत दिएको हामीलाई जानकारीमा आएको र एनआरएनएले बैठकको निर्णय भन्दै ‘विभिन्न संचारमाध्यममा आएका पदाधिकारीको समाचारलाई लान्छाना र आरोपलाई प्रमाणीकरण गर्न पत्रचार गर्ने निर्णय गरियो’ भन्ने भनाईले स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिन खोजेको उल्लेख गरेको छ ।
महासंघले ‘समाचारमा चित्त नबुझे संबादबाट समाधानमा लाग्नुको साटो सामाजिक संजालमा फोटाहरु पोष्ट गरेर तथा नाम लेख्दै चरित्र हत्यामा उत्रनु एनआरएनए जस्तो गरिमामय पहिचान बोकेको संस्थाको जिम्वेवार पदमा आसिन व्यत्तिका लागि पक्कै पनि सोभनिय विषय होइन । सामाजिक संस्थाका जिम्मेवार व्यक्तिहरू यसरी निर्लज्ज रूपमा प्रेस बिरोधी गतिविधीमा संलग्न हुनु अत्यन्तै दुःखद बिषय हो । यस्ता कार्यले समग्र कोरियाको नेपाली समाजलाई जवाफदेही बनाउने कार्यमा बाधा पुग्ने हाम्रो निचोड रहेको छ । तसर्थ यस्ता कार्यमा संलग्न आफ्ना पदाधिकारिको एनआरएनए कोरियाले आबश्यक कार्बा्हि गर्ने छ भन्ने कुरामा महासंघ विश्वस्त छ ।’  भनिएको छ ।

विज्ञप्तीको पुरा पढ्नको लागि

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...