हिन्दु धर्म पतनको मूल कारण- वर्ण व्यवस्था र ब्राह्मणको अमानवीय हर्कत
शुद्र नारीले कम्मर भन्दा माथी सधैं नग्न रहनु पर्थ्यो । शुद्र नारीको नग्न शरीर हेरेर ब्राह्मणहरु रमाउथे,आनन्द लिन्थे । र ब्राह्मणले सुन्दर शुद्र नारी जसलाई चाह्यो उसलाई बलात्कार गर्दथे, मस्ती गर्दथे। यदि शुद्र नारीले स्तन ढाक्नु पर्यो भने ब्राह्मणलाई स्तन ट्याक्स तिर्नु पर्थ्यो।
जातीय विभेद र असमानताको जड हिन्दु धर्म नहुन्थ्यो भने आज हिन्दु धर्म पतनको मार्गमा पक्कैपनि हुदैन थियो । साथसाथै हिन्दु धर्ममाथि चारैतिर बाट प्रहार पनि हुने थिएन । र हामी विभेदको मारमा परेकालाई पनि हिन्दु धर्म र त्यस् भित्रका कुसंस्कार संग कुनै साइनो सम्बन्ध वा मतलब रहने थिएन । तर इतिहास देखी वर्तमान सम्म हेर्दा हिन्दु धर्म अन्तर्गतको वर्ण र जात कै आधारमा दलित समुदायलाई पशुतुल्य व्यवहार गरियो र हालसम्म गरिदैछ ।
हामीले आजभन्दा २ सय बर्ष अघिको इतिहास हेर्ने हो भने सन १८१८ सम्म भारतको महाराष्ट अन्तर्गत पर्ने पुने भन्ने ठाउँमा शुद्रले गलामा माटोको भाँडो । कम्मर देखी भुँइसम्मको झाडु र खुट्टामा घन्टी बाँधेर हिड्नु पर्ने घोषित नियम ब्राह्मणले बनाएका थिए । त्यसो गर्नुको पछाडि वैदिक कालदेखि नै ब्राह्मणले शुद्रलाई अशुभ र अशुद्ध मान्थे । जुन मान्यता हालसम्म छदैछ । त्यो बेलाका शुद्रले आफु कतै हिड्डुल गर्दा जमिन (बाटो) मा बसेको पाइला मेटाउनु पर्थ्यो । त्यसैको लागि कम्मर पछाडि झाडु बाँध्नु पर्थ्यो। त्यसो किन गरियो त भन्दा शुद्रले टेकेको खुट्टाको पाइलामा ब्राह्मणको कदम पर्दा ब्राह्मण अपवित्र हुने र अशुद्ध हुन्छन् भन्ने मिथ्या मान्यता ब्राह्मणको थियो । र सोहि अनुसारको धर्मनिति, नियम बनाएर ब्राह्मणले लागु गरेका थिए । जुन मनुस्मृतीमा आधारित मौखिक कानुन थियो ।
त्यतिबेलाका ब्राह्मणले शुद्रलाई जमिनमा थुक्न समेत दिदैनथे । शुद्रले जमिनमा थुक्छ भनी गलामा अनिवार्य माटोको भाँडो झुन्ड्याउनु पर्ने नियम ब्राह्मणले बनाएका थिए । त्यसैले शुद्रले कतै हिड्दा थुक्नको लागि गलामा माटोको भाँडो बाँधेर हिड्नु पर्थ्यो । ता कि जमिनमा थुकेर मारिनु नपरोस् । यदि कुनै शुद्रले ब्राह्मणले देख्ने गरी जमिनमा थुकेमा त्यो बेलाको ब्राह्मणको धर्मनिति अनुसार काटिनु पर्थ्यो। मारिनु पर्थ्यो ।जमिनमा थुक्ने शुद्रलाई ब्राह्मणले शुद्रहरु कै बिच गाउँमा लगेर टाउको छिनाल्थे । त्यतिबेलाका शुद्र नारीको झन दर्दनाक अवस्था ब्राह्मणले बनाएका थिए । ब्राह्मणले जसलाई चाह्यो उसलाई बलात्कार गर्न सक्थे । र बलात्कार पछि मारिदिन्थे वा कसैलाई फिर्ता पनि गरिदिन्थे । यदि कसैले त्यस बारे बिरोध गरे वा बोले मारिनु पर्थ्यो।
ब्राह्मण धर्मनितीले त्यतिबेला शुद्रलाई आफ्नो स्त्री (पत्नी) वा छोरी कसैमाथी पनि अधिकार दिएको थिएन ।अझ त्यतिबेलाका शुद्र वर्णका नारीले कम्मर भन्दा माथी आफ्नो शरीर ढाक्न पाउदैनथे । आफ्नो स्तन खुल्ला राख्नुपर्थ्यो । अर्थात शुद्र नारीले कम्मर भन्दा माथी सधैं नग्न रहनु पर्थ्यो । शुद्र नारीको नग्न शरीर हेरेर ब्राह्मणहरु रमाउथे,आनन्द लिन्थे । र ब्राह्मणले सुन्दर शुद्र नारी जसलाई चाह्यो उसलाई बलात्कार गर्दथे, मस्ती गर्दथे। यदि शुद्र नारीले स्तन ढाक्नु पर्यो भने ब्राह्मणलाई स्तन ट्याक्स तिर्नु पर्थ्यो।
यो कुरा हामीले नंगेलीको स्तन ट्याक्स विरुद्धको संघर्ष र उनको जिवन बलिदानी बारेको इतिहासमा पढ्न सक्छौं । यसैगरी त्यस् बेलाका शुद्रले खुट्टामा घन्टी पनि बाँधेर हिड्नु पर्थ्यो । किनभने शुद्र बाहिर हिँडेको कुरा घण्टीको आवाजले ब्राह्मण लाई सहजै थाहा होस् र अकस्मात बाटोमा शुद्र संग भेट नहोस् र शुद्रको छाया आफुलाई नपरोस् भनेर । त्यतिबेलाका तिनै ब्राह्मणका मान्यता अनुसार आजपनी नेपाली समाजमा विश्वकर्मा जातिलाई ब्राह्मणले बिहान देख्न रुचाउदैन। अशुभ मान्छ । यो मान्यता मनुस्मृती कालदेखि नै त्यतिबेलाका ब्राह्मणले निर्माण गरी आजसम्म अवशेषको रुपमा जिवितै राखेका छन्, जुन कुरा अहिले पनि गाउँघरमा देख्न सकिन्छ। ब्राह्मणका यस्तै मिथक मान्यताका कारण शुद्रले अनिवार्य आफ्नो खुट्टामा घन्टी बाँध्नु पर्थ्यो ।
यो प्रथाको अन्त्य “भिमा कोरेगाउ”(महा राष्ट्र) को लडाइ पछि समाप्त भएको थियो । जुन लडाइँ अंग्रेज र पेशवा ब्राह्मण बिचको थियो । जसमा अंग्रेजले ब्राह्मणको अतिवाद देखेर दलित भित्रको महार जाती लाई समेत आफ्नो सेनामा भर्ती गरी ब्राह्मण संग लडाएको थियो । (शुद्रलाई सेनामा भर्ती लिने महान काम र शिक्षाको ज्योति दिने काम अंग्रेजले सुरु गरेका हुन् ) जुन लडाइँमा ५ सय महार शुद्र सैनिकले २८ हजार ब्राह्मणका पेशवा सैनिकलाई हराएका थिए । ब्राह्मणका सेनालाई अंगभंग र छिन्नभिन्न बनाएका थिए । सो लडाइँमा शुद्र महार जातिको युद्ध कौशलता, बिरता र बहादुरी देखेर अंग्रेजले हालको महाराष्टको नाम महारराष्ट (महार हरुद्वारा विजयी राष्ट्र ) राखेका थिए ।
तर, जब अंग्रेजले भारतमा आफ्नो उपनिवेश छाडेर गए तत्पश्चात ब्राह्मणको हातमा राज्य सत्ता पुग्ने बित्तिकै शुद्र जातिको नामद्वारा नामाकरण गरिएको राज्य पचाउन सकेनन्। फलस्वरूप महारराष्टको नाम परिवर्तन गरी महाराष्ट राखे । त्यस लडाइँ संगै ब्राह्मणको त्यो अमानवीय हर्कत सदाका लागि अन्त्य भएको थियो । यसरी ब्राह्मणको त्यो खाले कुकृत्य हटाउन अंग्रेजले निकै ठुलो भुमिका निभाएको कुरा भारतीय इतिहासमा पढ्न पाइन्छ । साथै भिमा कोरेगाउको “जय स्तम्भ” मा समेत उल्लेख गरिएको छ ।