सुतेकै अवस्थामा मृत्यु भएका थापाको कोरियामै अन्त्येष्टि ।


ईपीएस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्क बहादुर थापाको पार्थिव शरीरलाई विधुतीय विधिबाट दाहसंस्कार गरिएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कोरियामा कार्यरत थापा गत १२ सुतेकै अवस्थामा मृत भेटिएका थिए । उनको पार्थिव शरीरलाई २४ तारिक आइतबार कोरियाको इन्छन फेमिली पार्कको 화장 शव दाह गृहमा अन्त्येष्टि गरिएको स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी गराए ।

वैधानिक रुपमा दोश्रो कार्यकालका लागि कोरिया आएका उनका परिवारमा आमा, दुई दाईहरु र मृतक थापा अविवाहित सदस्य थिए । उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा कार्यरत थिए । अहिलेको विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको हो ।

परिवारका अध्यक्ष गुरुङले नेपाली परम्परा अनुसार मृतक थापाको अस्तु सेलाउन बाँकी रहेको र परिस्थितिको अनुकूलता हेरेर नेपालस्थित परिवारलाई पठाउने वा छिट्टै सेलाउने कार्यको लागि पहल गरिने बताए । मृतकको परिवारलाई सान्तवना स्वरुप एक हप्ते आर्थिक सहयोग अभियान चलाइएको छ । हालसम्म १३ लाख २२ हजार कोरियन वोन (ने.रु.१ लाख ३२ हजार) रकम संकलित भएको र सो रकम मृतक परिवारलाई उपलब्ध गराइने संस्थाको केन्द्रीय कोषाध्यक्ष विजय थापाले जनाए । ईपीएसको नियमानुसार नेपाली राजदूतावाससँग समन्वय गर्दै मृतक थापाको विमा वापतको रकमको लागि पनि पहल गरिएको परिवारका वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङले थपे । कोरोनाको कहर र व्यस्त समयलाई विशेष ख्याल गर्दै कोरियास्थित नेपाल मगर संघ र स्याङ्जा परिवारको संयुक्त आयोजनामा सोही शव दाह गृहको प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष सि.पी. मगरले जानकारी गराए ।

मृतक थापाको अन्त्येष्टि कार्यक्रममा स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष युवराज गुरुङ, सल्लाहकार होबिर दर्लामी मगर, निवर्तमान अध्यक्ष एवं सल्लाहकार वाई.बी. राना मगर, उपाध्यक्ष बिपना गुरुङ, थेगु शाखा अध्यक्ष विष्णु वाग्ले, भलिबल टिम कप्तान अमित राना, संस्था सम्बद्ध पदाधिकारी र सदस्यहरु, नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सि.पी. मगर, तमू धीं दक्षिण कोरियाका महासचिव लेसन गुरुङ लगायत मृतकका निकट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । शव व्यवस्थापनमा किम्थेगी नाम गरेका एक कोरियन व्यक्तिले राजदूतावाससँग सहकार्य गरेर विशेष सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...