कोरियामा भिसा सकेर अलपत्र परेका नेपालीले दिए दूतावासमा धर्ना



कोरियामा भिसा अवधि सकिएर नेपाल फर्कन नपाएका नेपालीहरुले नेपाल आउन पाउनपर्ने माग राख्दै त्यहाँस्थित दूतावासमा धर्ना दिएका छन् । आइतबार दूतावास पुगेर उनीहरुले कार्यवाहक राजदूत रामसिंह थापा र श्रम सहचारी डिल्ली राम बास्तोलालाई ध्यनाकर्षण गराएको हो ।

अलपत्र परेकामध्येका सुवास ढकालको नेतृत्वमा गएको टोलीले आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि आफ्ना माग राखेका थिए । उनीहरुले आइतबार दूतावससमक्ष आफूहरु नेपाल जानपर्ने भन्दै एक घन्टा धर्ना समेत दिएका छन् ।

कार्यवाहक राजदूत थापाले नेपाल सरकारले कुनै निर्णय नगरेकोले अहिले पहल गर्न नसकिएको बताएका थिए । दूतावसले सरकारले कुनै निर्णय नगरि कुनै सहयोग नहुने भन्दै फर्काएपछि उनीहरुमा झनै चिन्ता बढेको छ । संयोजक ढकालले भने, ‘हामी जि टू जि प्रक्रियाबाट आएको भन्दै सरकारले कुनै औपचारिक निर्णय नगरि नेपाल फर्कन पहन नगर्ने राजदूतले भन्नुभयो । उहाँले राष्ट्रमा संकट परेको बेलामा संयमित हुनुपर्ने र धैर्य गर्नुपर्ने भन्दै फर्काउनुभयो ।’ साथै, खान बस्नका लागि समस्या भएमा एनआरएनए कोरियालाई सम्पर्क गर्नका लागि राजदूत थापाले भनेको बताए ।

‘भिसा सकिनेहरुको पहिलो चरणमा ५० दिन थपेको थियो । त्यसपछि ५ दिन थपेको छ ।’ उनले भने, ‘यो थपेको समय सकिएपछि इमिग्रेसनले शरणार्थी भिसा १ महिनालाई दिएको छ । हामी भिसा थप्न जाँदा ‘तेरो देश छैन, कति भिसा थप्न आएको भन्दै कर्मचारीले नै हप्काउँछन् ।’ उनीहरुले जसरी पनि नेपाल सरकारले आफूहरुको उद्धार गर्न माग गरेका छन् ।

चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि वैधानिक रुपमा काम गर्ने अनुमति नहुँदा र नेपाल फर्किन नपाउँदा नेपालीहरुले समस्यामा भोग्नुपरेको छ ।

खान बस्न अहिले नेपाली ५० हजार खर्च हुने उनीहरुको गुनासो छ । कोरिया सरकारले वैधानिक रुपमा बसेका विदेशीले पनि अनिवार्य रुपमा नेपाली १२ हजार इन्स्योरेन्स तिर्नपर्ने भएकाले झनै समस्या परेकाले आफूहरुको उद्दार गर्न उनीहरुले माग गरेका छन् ।  भिसा सकेर विदेशी भूमिमा अलपत्र आफूहरुजस्तै सबैको उद्दार गर्न उनीहरुको अपिल छ । उद्दारमा लाग्ने सबै खर्च, नेपाल आएर क्वारेन्टाइनमा लाग्ने खर्च लगायतको खर्च आफैंले गरेर भएपनि नेपाली भूमिमा फर्काइदिन पहल गर्नका लागि उनीहरुले अनुरोध गरेका छन् ।

कोरियामा आफूहरुले कमाएको पैसा नेपालमै खर्च गर्न पाउँदा राम्रो हुने भन्दै उनीहरुले सरकारसमक्ष कोरियामा अलपत्र परेका नेपालीहरु ल्याउनका लागि अनुमति मिलाइदिनपर्ने माग अलपत्र परेका नेपालीहरुले राखेका छन् । सबै देशले महामारीको बेलामा आफ्नो देशको नागरिक लगिरहेको भन्दै नेपालले पनि आफूहरुको उद्दारका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ ।  सरकारले कोरियामा नै कोरोना भाइरसको परीक्षण गरेर अनुमति दिएपनि हुने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...