जिन्दगीको जेब्रा क्रसिङ

यतिखेर
पैदल सडकको किनारमा उभिएर
वेगले दौडिरहेका छन यी नयनहरु
निशाना बिहिन तिम्रो पाइलाहरुमा
सोचिरहेको छु,
कहाँबाट छुट्यो हाम्रो यात्रा
छुटाउने त्यि दोबाटो
त्यही होलान कि बसाइ सरिसक्यो होला?
अनियन्त्रीत हुन खोज्दैछ उत्सुकताको लहर
प्रश्नहरु आन्दोलन मच्चाइरहेकाछन मनको डबलीमा
समय किन पटकपटक छल गर्दैछ म संग
नियती किन परीक्षा लिइरहन्छ बेला बेला
फेरि किन उभ्याइदियो सडकको दुई किनारमा
अनुभूत मात्रै पनि गर्न नपाइने
मृगतृष्णा झै बिलिन दृष्यहरुमा ।
आन्दोलित प्रश्नहरुलाइ सम्बोधन गर्न नपाउदै
मनको अर्को चोकबाट निस्किन्छ
अर्को प्रश्नको मसाल जुलुस
नयनहरु पछ्याइरहेकै छ
सडकको पल्लो किनारबाट
यादहरुलाइ बल्झाएर गएका
तिम्रा निशानाबिहिन पाइलाहरुलाइ
पर…. पर…. क्षितिज सम्म ।
मनको मुल सडक बिचमा
अर्को हुल प्रश्नहरु जलाइरहेका छन टायर
जलाइरहेको छ पुत्ला
जलाइरहेको छ मेरो छाती ।
जलिरहेको छातिभित्रबाट
एउटा भोकको ज्वाला उठिरहेको छ
सडकको पल्लो किनारबाट
यादको समुद्रमा तरङग फैलाएर
क्षितिज काटेर गएको उनि
भोलि बिहान अर्को क्षितिज भएर
म उभिएकै किनारमा टुप्लुक्क आइपुगोस
र
मेरो काधमा हात राखेर भनोस
म तिमी संगै उभिन आइपुएको छु
अब संगै तर्नेछौं जिन्दगिको जेब्राक्रसिङ ।