Advertisement
SKIP THIS

राष्ट्रपति मुनले स्वीकारे ट्रमको अनुरोध, दक्षिण कोरिया जी ७ मा सहभागी हुने


सउल । दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी ७(G7) मा सामेल हुन गरेको अनुरोधलाई स्वीकार गरेको छ । सोमबार टेलीफोन कुराकानीको क्रममा यस वर्षको अन्तमा हुने जी ७ को शिखर सम्मेलनमा सहभागी हुन स्वीकार गरेको हो ।

‘दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले सोमबार संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जी ७ शिखर सम्मेलनको निम्तो स्वीकार गरे जसले दक्षिणकोरियाको  अर्थव्यवस्थाको क्षेत्रमा विश्वव्यापी भूमिका खेल्ने प्रतिबद्धतालाई पुष्टि गरेको छ ।’ राष्ट्रपति कार्यलय चेइङ्वा दै लाई उदृत गर्दै समाचार एजेन्सी योन्हापले लेखेको छ ।

उनीहरूको १५ मिनेट टेलिफोन कुराकानी गरेका थिए । ट्रम्पले G7 को पुरानो प्रणालीले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा स्थितिलाई प्रतिनिधित्व गर्दैन भन्दै जी ७ लाई जी ११ वा १२ मा बिस्तार गर्ने चाहेको बताएका थिए ।

संवादमा ट्रम्पले आफ्नो योजनामा ​​मूनको दृष्टिकोण बारे सोधेका थिए भने मूनले यसलाई स्वागत गर्दै आमन्त्रितको लागि आभार व्यक्त गरेको जनाएको छ । “म यो स्वीकार्न तयार छु र दक्षिण कोरियाले यो बिश्व अर्थव्यवस्थामा सक्ने भूमिका खेल्ने छ” उनले ट्रम्पलाई भनेका थिए ।

ट्रम्पले यस योजनाले कोरोनाभाइसपछिको युगको तयारीका लागि माईलस्टोन हुने जनाएको छ । यसले कोरोना संक्रमणबाट विश्वको अर्थब्यबस्था र मानिसलाई सामान्य जीवनमा फर्कन मद्दत गर्ने जनाएको छ ।

जी ७, विश्वमा आर्थिक र प्रविधिमा रुपमा शक्तिशाली राष्ट्र मानिने ७ राष्ट्रहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त राज्य अमेरिका र बेलायतको अन्तरदेशीय संयुक्त आर्थिक संगठन हो । अहिले यो समय सान्दर्भिक नभएको भन्दै यस अघि ट्रम्पले दक्षिण कोरियाको साथै अन्य ३ देश अष्ट्रेलिया, भारत र रसियालाई पनि जी ७ मा सहभागी हुन अनुरोध गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...