देव स्याङतानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक
दक्षिण कोरियालाई विगत ९ वर्षदेखि कर्मथलो बनाएका देवकुमार स्याङ्तानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा शब्द कुमार श्रेष्ठको रहेको छ भने गितारमा देवाशिस तामाङले साथ दोएको छ भने संगीत स्वयम गायककै रहेको छ ।
जीवनको यथार्थ सत्यलाई संगीतको माध्यम बाट उजागर गर्न खोजेको गायक देव स्याङतानले बताए । यस गीतले धन सम्पति, सानो ठूलो र जातभात को भ्रमबाट जगाउने र बुझाउने प्रयत्न गरेको गायकको बनाई छ ।
भिडियोलाई सम्पादन देव लमाले गरेको छ भने dakfilms6 युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस्;