जनजाति महसंघलाई सांगीतिक साँझबाट १ कराेड २९ लाख बचत
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण काेरियाले गत सलनाल गरेकाे सउल सांगीतिक साँझ र अप्रिलमा काेराेना महामारीमा लगाउने पीपीइ सहयाेग अभियानकाे आयब्याय सार्वजनिक गरेकाे छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा सांगीतिक साँझबाट महासंघले १ कराेड २९ लाख ८५ हजार ३ सय ११ वन बचत गरेकाे जनाएकाे छ ।
“सउल सांगीतिक साँझ” कार्यक्रमकाे कुल आम्दानी ३ कराेड ३४ हजार ३११ वन छ भने १ कराेड ७० लाख ४९ हजार वन खर्च भएकाे छ भने ८ लाख २३ हजार वन उठाउन बाँकी रहेको आयोजकले जनाए । त्यस्तै अप्रिलमा काेराेना महामारीकाे बेला लगाउने पीपीइ अभियानमा ५९ लाख ५ हजार वन जम्मा भएकाे जनाएकाे छ । उठेकाे रकम मध्ये ५५ लाख १७ हजार ५८५ वन खर्च भएकाे र ३ लाख ८७ हजार ४१८ वन बाँकी रहेको महासंघले बताएकाे ।
आयब्याय सार्वजानिक कार्यक्रममा महासंघका अध्यक्ष युगेल शेर्पाले साँगीतिक कार्यक्रम र पीपीइ सहयाेग अभियानमा सहभागी सबैलाइ धन्यबाद ब्यक्त गरे । ‘हामीले गरेकाे हरेक कार्यक्रममा काेरियामा रहनु भएका सबै महानुभावले सहयाेग गरि रहनु भएकाे छ । साथै जनजाति महासंघकाे संरक्षक, प्रमुख सल्लाहकार, सम्पुर्ण सल्लाहकारहरु, कार्यक्रम संयोजक, कार्यसमितिका पदाधिकारीहरु, जातीय/ क्षेत्रीय संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकारहरु र कोरियाबासी नेपाली दिदिबहिनी दाजुभाइलाइ पनि धन्यबाद छ ।’
त्यसैगरी पीपीइ अभियान अन्तर्गत नेपालका मुख्य अस्पताल र सातै प्रदेशका प्रादेशिक अस्पतालहरुमा वितरण गरेको पनि अध्यक्ष शेर्पाले बताए ।