Advertisement
SKIP THIS

“पेट भरिएको सपना”ले जित्यो प्रथम स्थान


ह्यारी बोण्ड, १३ असार/सौल कोरिया

कोरियाव्यापी खुला नेपाली कविता लेखन प्रतियोगितामा कवि युवराज फुँयालको कविता “पेट भरिएको सपना”ले प्रथम स्थान हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया शाखाले हालै सम्पन्न गरेको उक्त प्रतियोगितामा कुल ४३ कविताहरूलाई उछिन्दै कोरियामै कार्यरत मोरङका कवि फुँयालको कविता प्रथम भएको हो । प्रतियोगितामा बाग्लुङका कवि निर्दोष शिवको कविता “के रैछ यो जिन्दगी”ले दोस्रो र नुवाकोटका कवि माधव लम्सालको कविता “लाहुरेको सम्झना”ले तेस्रो स्थान प्राप्त गर्न सफल भएको कविता प्रतियोगिता संयोजक आए एन अधिकारीले जानकारी दिनुभयो । कविहरू युवराज फुँयाल,निर्दोष शिव र माधव लम्साल लामो समयदेखि कोरियालाई कर्मथलो बनाउदै नेपाली साहित्य लेखनमा सक्रिय छन् ।

विजयी कविहरूलाई वर्तमान महामारीको अवस्था अन्त्य भए लगत्तै एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने संस्थाका अध्यक्ष डा. प्रमोद सारंगले जानकारी दिनुभयो । गत वर्ष संसारभर रहेका अनेसास च्याप्टरहरू मध्येबाट ‘फस्ट रनर अप’ घोषित कोरिया शाखाले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न साहित्यिक सभा, गोष्ठी र कार्यक्रम गर्दै आएको छ भने चर्चित अनलाइन कार्यक्रम ‘काव्य-सुधा लाइभ’ लाई पनि विगत ३ बर्ष यता निरन्तरता दिइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...