कोरिया बाट झापाको बाल तथा बृद्धाश्रम र स्थानीयमा राहत बितरण


नेपालको पुर्बी जिल्ला झापाको दमक स्थित बाल र बृद्धाश्रममा दक्षिण कोरियाबाट रहत सामाग्री वितरण गरिएको छ । साथै गौरादह नगर पालिकाको वडा नं ५,६ र ७ अन्तर्गतका सात वटा स्कुल वरीपरी रहेका पिछडिएका बस्तीमा ४ सय परिवारलाई पनि राहत वितरण गरेको छ ।

कोरोना र बन्दाबन्दिको कारण रोजगारि बाट बन्चित दैनिक श्रम गरि जिबिकोपार्जन गर्ने ४०० परिवार र बाल र बृद्धाश्रममा राहत बितरण सम्प्पन्न गरिएको जानकारी एनआरएन कोरियाको पुर्व अध्यक्ष तथा व्यवसायी के पि सिटौलाले जानकारी दिएको हो ।

कोरियाबाट ‘कोरिया छाबी खोङ्दक होए’ र स्थानिय संस्था “आसाका कोपिला” दुई संस्थाको संयुक्त राहत बितरण अभियानमा प्रती परिवार २५ किलो चामल, ३ किलो, दाल, तेल १ लिटर, नुन १ किलो, चिनि १ किलो र हातधुने साबुनको एक प्याकेज हस्तानतरण गरिएको जनाएको छ ।

बर्षाको कारण असहज स्थितिमा पनि गत जुन २० बाट तीन दिन सम्म यो अभियानमा अहोरात्र खटिनु हुने संस्थाका प्रतिनिधिहरु स्थानिय संस्था प्रमुख तथा अन्तरास्ट्रीय प्रतिनिधि समेत रहेका सिटौलाले धन्यवाद ज्ञापन गरेको छ ।

‘साथै स्थानिय निकाय अन्तर्गत जन प्रतिनिधिहरु, टोल समिती, सबै बिद्यालय परिवार अनी प्रतक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभाबहरु र सात समुन्द्र पारीबाट पनि COVID को पिडामा छट्पटाई रहेका परिवारमा सानो खुशी बाडन अगी सर्नु भएका कोरियन परोपकरी मनहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ सिटौलाले सामाजिक संजालमा लेखेका छन् ।

‘कोरिया छाबी खोङ्दक होए’ ड क ह्वेले सन २०१० देखी सोही एरियाका ११वटा स्कुलहरुमा मासिक रुपमा १५० लाई छात्रवृत्ति, कम्पुटर कक्षा, व्हाइट बोर्ड र साइकल बितरण गर्दै आएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...