सउल नगरको मेयर मृत फेला, आत्महत्याको आशंका


दक्षिण कोरियाको राजधानी सउल महानगरको मेयर पार्क वान-सुन शुक्रबार मृत फेला परेको छ । परिवारबाट हराएको सुचना पाएको केहि घण्टा पछि सउलकै माउन्ट बुककको जंगली पहाडमा मेयरको सब भेटिएको समाचार एजेन्सी योन्हापले जनाएको छ ।

प्रहरीका अनुसार मेयरकी छोरीले मेयर घरबाट हिडेको करिब ५ घन्टा पछि फोन सम्पर्क समेत हुन नसकेपछि बिहीवार ५ बजेर १७ मिनेटमा हराएको भन्दै रिपोर्ट गतेको थियो । त्यस पश्चात् खोजी गर्दा मध्य रात भन्दा केहि समय पछि मृत फेला परेको हो । सउल महानगरका अनुसार बिहिवार स्वास्थ समस्याको कारण देखाएर अफिस नआएको जनाएको छ ।

मेयरले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । ६४ बर्षिय मेयर विरुद्ध आफ्नै पुर्ब स्वकीय सचिव(सेक्रेटरी) ले यौन दुर्व्यवहार सम्बन्धि रिपोर्ट समेत परेको जनाएको छ । समाचार अनुसार बुधबार मात्र पुर्ब सेक्रेटरीले आफुलाई अनावश्यक शारीरिक सम्पर्क(physical contact) तथा अनावश्यक म्यासेज गरेको भन्दै रिपोर्ट गरेको थियो । सउल मेट्रोपोलिटेन पुलिसमा उनले रिपोर्ट गरेको हो ।

यद्यपि मेयरको मृत्यु के कारणले भएको हो भन्ने कुरा अनुसन्धान पछि मात्र यकिन हुने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्वजनिक ।
  • संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक
  • कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया” सार्वजनिक हुँदै
  • छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने
  • ताजा अपडेट

    ईपिएस

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    उडानको पर्खाइमा ईपीएस कामदार

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...