नेफिनको अन्तर्राष्ट्रिय तदर्थ समिति गठन, संयोजकमा अमेरिकाबाट मानबहादुर राणामगर


नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको छ । बिहीबार(जुलाई ९) बसेको महासंघको विदेश शाखाहरुको भर्चुअल बैठकले सो तदर्थ समिति गठन गरेको हो ।

बैठकमा १३ देशका अध्यक्षसहि २५ देशका प्रतिनिधिहरुको सहभागिता जनाएका थिए । बैठकबाट मानबहादुर रानामगर (अमेरिका)को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

सो समितिको सहसंयोजकमा किसन राई (हङकङ), खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया), रश्मी थापामगर (क्यानडा), मणी थेवे (अष्ट्रिया), हेम गुरुङ (पोर्चुगल), विनोद पोमो (अमेरिका), सदर्शन थापामगर (अष्ट्रेलिया), कुमार बलामी (युएई) छन् ।
प्रत्येक देशबाट एक पदेन सदस्य राखिने जनाइएको छ ।

सन् २०१९ अक्टोबर १८–१९ का दिन प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । सो सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा ९ मा ‘विश्वभर रहेका नेपाली आदिवासी, जनजातिहरुलाई सांगठानिक रुपमा जोड्न जोडिन आवश्यक विधि, पद्धति र प्रक्रिया अवलम्बन गर्दै समयसापेक्ष विधान संशोधन गरेर आवश्यक अन्तर्राष्ट्रिय सञ्जाल बनाइने छ । सम्मेलनबाट नेफिनका विदेश विभाग इञ्चार्जको संयोजकत्वमा विभिन्न देश सम्मिलित समितिले अन्तर्राष्ट्रिय सञ्जाल अघि बढाउने विषयमा छ महिनाभित्र कार्यसम्पादन गरेर कार्य गर्नेछ’ रहेको छ ।

सोही अवसरमा उक्त सम्मेलनमा सहभागी विभिन्न देशका नेपाली आदिवासी जनजाति प्रतिनिधिहरुको बैठकमा ‘यदि छ महिनाभित्र कुनै कारणवश विधान संशोधन नभए विदेशस्थित महासंघहरुले स्वविवेकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को गठन गर्न सक्नेछ’ निर्णय पनि भएको थियो ।

सोही निर्णयको आधारमा बिहिवार अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको जानकारी महासंघ दक्षिण कोरियाका अध्यक्ष तथा अन्तरास्ट्रिय समन्वय तदर्थ समितिको नव निर्वाचित सदस्य युगेल टेन्डुप शेर्पाले जानकारी दिएका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...