दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग


बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो ।


शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाज ख्याङ्सङ, बुसानको संस्थापक अध्यक्ष विश्वास ब्लोनको उपस्थितिमा हस्तान्तरण गरेको हो । उक्त रकम कोरियाबाट विश्वास ब्लोनको बैंक खातामा पठाएको थियो ।

कोरियामा करिब एक महिना सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । नेपाल तामाङ संघका वरिस्ठ उपाध्यक्ष रवि लामा, उपाध्यक्ष स्नेह लामा, बुद्ध लामा, सचिव अमिर योञ्जन तामाङ, पत्रकार शुभराज बोम्जन, तामाङ कलाकार संघका अध्यक्ष युनिक दोङ र देव मोक्तान, करण डिमडुङले संकलन गरेको अभियान्त रवि लामाले जानकारी दिए । उनले, गत महिना इन्द्रेणी कार्यक्रमबाट देव लामा बचाउनका लागि सहयोग अपिल गरेपछि देव लामाका श्रीमती मिरा जोसी लामासँग कुराकानी गरी सहयोग अभियान सञ्चालन गरेको बताए ।
सहयोग संकलनमा ८९ जनाले जम्मा २४ लाख १४ हजार कोरियन वन आर्थिक संकलित भएको थियो । सहयोग संकलन गरी सहयोग गरेकोमा विरामी लामाका श्रीमती मिरा, अभियान्तहरुले सहयोगीमनहरुलाई धन्यवाद दिए ।

मकवानपुर हेटौंडा नगरपालिका–७ का देव लामा गत बर्ष बैशाख ८ गते शैचालयमा लडेर टाउकोमा चोट लागेको थियो । ‘टाउकोको उपचार गर्न ग्रीन सिटि अस्पतालमा अपरेशन गर्दा अपरेशन बिग्रिएपछि झन गम्भीर विरामी भएको उनकी श्रीमती मिराले बताइन् । एक वर्ष उपचार गर्दै गर्दा उनको सबै आर्थिक रकम सकिएपछि र नियमित औषधी सेवनको लागि पनि रकम अभाव भएपछि सहयोगका लागि देश-विदेशमा इन्द्रेणी साँस्कृतिक कार्यक्रम मार्फत अपिल गरेको थियो । अहिलेसम्मा इन्द्रेणी साँस्कृतिक कार्यक्रम लगायत अमेरिकाबाट  सहयोग गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...