एक छापामारको डायरी – धेरै हतियार कब्जा भएको मोर्चा, “ठोकर्पा रेड”


तूफानी वर्गसंघर्षका अस्मेल यादहरू अनगिन्ती छन्, असीमित छन् । अपराजय र अदितिय पनि । शिलशिलाबद्ध ढंगले लेख्ने हो भने रामायण बन्ला । महाभारत बन्ला । यी ठेलीहरूमा त पौराणिक, काल्पनिक कथाहरू समाविष्ट छन । तर हाम्रा कथाहरू त साँचो-साँचो कथाहरू हुन् । जीवन भोगाइका वीरताका गाथाहरू हुन । परिवर्तनको निम्ति रक्ताश्रुमिश्रीत झन्झावाततिर हुत्तिएका कहानीहरू हुन । भर्भराउँदो बैंसमै अनयासै रित्तिएका जवानीहरू हुन । यी जीवन कहानीहरू हिमालबाट झरेको झरना झैं अविरल बगिरहन्छन । हिमालमा हिउँ पर्न छोडेको दिन झरना पनि नबग्ला । त्यस्तै म मरेको दिन मात्र मेरा सम्झनाहरू रोकिएलान । नभए मेरा स्मृतिहरू निरन्तर बगीरहन्छन । निरन्तर पोखिईरहन्छन ।

स्मृतिहरू पनि विभिन्न किसिमका हुँदारहेछन। सकारात्मक र नकारात्मक । यिनै सम्झनाहरूलाई उनेर केही क्रान्तिका मालाहरू तयार गर्दैछु । कहिले भियतनामी इतिहास पल्टाएर त कहिले चिनियाँ । कहिले जर्मनी त कहिले रुसी । कहिले कोरिया त कहिले पेरुभियाली । यस्ता सफल-असफल अनगिन्ती इतिहासका पाठहरू छन् । यसलाई गहिरो गरी आत्मसात गरेमा मात्र क्रान्तिको भविष्य उज्ज्वल होला । नत्र जति कराए पनि क्रान्ति लमतन्न सुतिरहन्छ । क्रान्तिको मेलो एक पाईला पनि अघि सर्दैन । क्रान्तिको रथलाई अघि बढाउन पक्कै पनि क्रान्तिकारी भईरहनु पर्ने रहेछ । यस्तै-यस्तै क्रान्तिभित्रको एउटा वीरताको गाथा कोर्न गईरहेको छु । त्यो थियो अलि ठूलो परिमाणमा हतियार कब्जा भएको सिन्धुपाल्चोकको ठोकर्पा लडाइँ ।

त्यतिकैमा चौकी ईन्चार्जले ” ओइ ध्रुवे नहान, ओइ झम्के नहान” भन्दै पेस्तोल फायरिङ गर्दै भाग्यो । उ भाग्ने ठाउँतिर हाम्रो कमजोर घेरा रहेछ । त्यसको फाइदा लियरै छाड्यो । ध्रुव पराजुली कमिशार कमरेड सन्तोषको नाम थियो । झमक पराजुली एरिया सेक्रेटरी क. हिमालको नाम थियो । रमाइलो कुरा त के रहेछ भने उनीहरू साँगाचोक एउटै गाउँका रहेछन र एउटै स्कुल पढेका रहेछन ।

किराँतीछाप डमी आक्रमणपछि हाम्रो टोली रामेछापतिर लाग्यो । दोलखा+सिन्धु जिल्ला पार्टी र काभ्रे+रामेछाप जिल्ला पार्टीसँग एस.टि.एफ. हेडक्वाटरको विशेष बैठक बस्यो । मेरो जिम्मेवारी पनि दुई प्रकारको थियो । राजनैतिक रूपमा सिन्धु+दोलखा जिल्ला संगठन समितिको सदस्य । र फौजी रूपमा सेक्सन कमान्डर । (आफूलाई धूरीमा राख्यो नभन्नुहोला । कमै मान्छेले मात्र फौजी र राजनीतिक हैसियत राख्थे त्यतिबेला। त्यस अन्तर्गत म पनि परेछु । गर्वानुभूति भएको थियो ।) त्यही भएर मैले प्राय पार्टी संगठनका बैठकहरूमा पनि सहभागी हुन पाउँथे । तर “बन्दुकले पार्टी नचलाएर पार्टीले बन्दुक चलाउँछ।” भन्ने मान्यता थियो । जिल्ला पार्टीहरू र एस. टि. एफ. हेडक्वाटरको बैठकपछि ठोकर्पा ई.प्र.का. रेड (Raid) गर्ने तात्कालिन योजना बन्यो । र कमान्डर टोली रेक्कीमा लागिहाल्यो । तर यो रेड सफल पार्नको लागि थप चुनौतीहरू पनि थियो । एउटा मोर्चा खोल्दा अरू थुप्रै सानातिना मोर्चाहरू खोल्नु पर्ने जरुरी थियो । थुप्रै समुहहरु(Stop group ) बनाउनु पर्ने जरुरी थियो । यो कुरा दोहोरिएर आयो भन्नुहोला । यो पनि मोर्चाभित्रको एउटा महत्त्वपूर्ण फौजी ट्याक्टिस हो । यसलाई पनि उजागर गर्नुपर्ने बाध्यता छ नै । नभए उपलब्धिको रक्षा गर्न कठिन थियो । बैठकमा यो चुनौतीबारे पनि व्यापक छलफल भयो । जिल्ला पार्टीका जिम्मेवार कमरेडहरूको कमान्डमा स्क्वायड टोलीहरूलाई यसको जिम्मा दिने निर्णय भयो ।

त्यतिबेला पूर्वको फौजी कार्वाहीलाई अलि माथि उठाउनको लागि । मोर्चाबन्दी लडाइँलाई एकरूपतामा ल्याउनको लागि क. बरुण सैन्य सल्लाहकारको रूपमा पश्चिम कमाण्डबाट पूर्व आएका थिए । -हरिमान पुन (क. बरुण)एक कुशल कमान्डर र कुशल प्राविधिक पनि थिए । उनैले एम. जी. -५४ ग्रिनेडको आविष्कार गरेका थिए । विशेष गरी दाङको चिरागघाट रेडदेखि यो ग्रिनेडको प्रयोग भएको थियो । र नेपालभरिको पहिलो डिभिजनको सह-कमान्डर पनि भएका थिए । पूर्वको फौजी आक्रमणहरूमा पनि उनको धेरै महत्त्वपूर्ण भूमिका रह्यो ।

यसरी हरेक हिसाबले हाम्रो फौजी क्षमता उच्च हुँदै गईरहेको थियो । त्यतिबेला उज्यालोको लागि टि.एन.टि. फायर ग्रिनेड(TFG)को पनि आविष्कार भएको थियो । काठको धूलो बोतलमा खाँदेर एसिड र टि.एन.टि. को सहायताले यो ग्रिनेड विष्फोट हुन्थ्यो । र धेरै बेरसम्म बलेर उज्यालो भईरहन्थ्यो । अनि दुश्मनको पोजिशन एक्सपोज हुन्थ्यो । यो नयाँ प्रविधिको विकास भएको थियो ।

यसरी हाम्रो टोली थप मजबुत हुँदै गईरहेको थियो । नियमित शारीरिक व्यायाम । पिटी, परेड, ड्रीलहरू हुन्थ्यो । क्याम्प आक्रमणका डमी रिहर्सलहरू भईरहन्थ्यो । पिटी परेड र ड्रीलमा एकरूपता ल्याउने काममा पनि क. बरुणकै योगदान थियो । यसरी हामीमा नयाँ रक्तसंचार भएको महसुस हुन्थ्यो । हाम्रो अन्तिम तयारी काभ्रे जिल्लाको नांग्रे गगर्चेको एउटा गाउँमा भयो । त्यो गाउँ हाम्रो आधार ईलाका जतिकै थियो । दुतीको पहिरोले यो गाउँलाई चिनिन्छ ।

म्याप ब्रीफिङ र एसाल्टहरूको कोचिङ भयो । दुश्मनको नफ्री र हतियार अनि फोर्टीफिकेशनको हिसाबले पनि टार्गेट अलि मजबुत नै थियो । तर पनि फौजी हमला प्रभावकारी बनाउने सबै एसाल्टहरूले संकल्प गरेका थिए । किराँतीछाप मोर्चाको ग्यापिङ पूरा गर्नुपर्ने थियो । यो मोर्चामा भने क. सन्जीवको एसाल्टमा परिएन । क. मुक्तिको दोस्रो एसाल्टमा परियो । तर पनि मन बुझाईयो । सबै तयारी पूरा भएपछि हाम्रो टोली फेरि सिन्धुपाल्चोक जिल्लाको वाफल गाउँको दोभानमा पुग्यो । यो गाउँ पनि हाम्रो आधार ईलाका जत्तिकै थियो । हाम्रो दोलखा जिल्ला सुनखानीको एक जना दिदी यो गाउँमा पुग्नुभएको रहेछ । दिदीले असाध्यै माया गर्नुहुन्थ्यो। वहाँको श्रीमानको चाहिँ शिक्षण पेशा थियो । यो मोर्चा तयारीको अन्तिम सेल्टर थियो ।

स्टप ग्रुपहरू अगाडि नै मुभ भईसकेका थिए । यो मोर्चाको लागि चार वटा प्रभावकारी एसाल्टहरू बनाईएको थियो । यसमा एउटा नयाँ कुरा के थियो भने चौकीको छानाबाट पनि माइन विष्फोट गर्ने । र चारैतिरबाट प्रभावकारी हमला गर्ने । मोर्चा विजयमा पुर्‍याउने मुख्य मक्सद नै यही थियो । हुन त काभ्रेको भीमखोरी मोर्चामा पनि यो विधि अपनाईएको थियो । तर क. धर्मले छतमा माइन चढाउँदा चढाउँदै मृत्युवरण गरेका थिए । हामीलाई सल्लाहकार क. बरुण, कमिशार क.सन्तोष, कमान्डर क. परवाना, सह-कमान्डर क. सन्जीवको अन्तिम निर्देशन जारी भयो । साथै जिल्ला सेक्रेटरीहरू क. प्रताप र क. ललितको पनि विशेष योगदान थियो ।

यसरी हाम्रो टोली २०५७ साल असार ३० गते साँझ दोभानबाट मुभ भयो । वर्षायामको समय भएकोले झमझम पानी परिरहेको थियो । हामी आ-आफ्नो आर्क विभाजन अनुसार अगाडि बढीरहेका थियौं । तर पानी पर्नु मोर्चाको लागि उपयुक्त थियो । युद्धशास्त्री सुन जु ले भने झैं ” प्रतिकूल मौसममा हमला गर ” भन्ने सिद्धान्तलाई अंगीकार गरे झैं लाग्थ्यो । यसरी हाम्रो टोली एक रफ्तारमा आ-आफ्नो कार्य विभाजन अनुसार अगाडि बढ्दै गयो । चौकी नजिक-नजिक पुगियो । चारैतिर झलमल्ल बत्तीहरू बलिरहेका थिए । कुकुरहरू एकोहोरो भुकीरहेका थिए । तर हाम्रो टोलीहरू भूतको चालमा टार्गेटतिर बढीरहेको थियो । जब घडीको सुईले एघार बजेको संकेत गर्छ । तब बिजुली बत्ती झ्याप्पै निभ्छ । वातावरण अन्धकार हुन्छ । र कोलाहल मच्चिन्छ । बिजुली बत्ती ट्रान्समिटरमा गएर निभाउने एउटा टोली थियो । त्यही टोलीले बत्तीको लाईन काटेको थियो । यो लाइन काट्ने अनुभव क. राजेश थामीलाई रहेछ । उनैको कमान्डमा बत्तीको लाईन काट्ने काम भयो । हामी क्रान्तिका पेचकिला हौं भनेको यही रहेछ। बत्ती निभ्नु र एक नम्बर एसाल्टले फायर खोल्नु एकैपटक भयो । एक नं एसाल्ट क. सन्जीवको थियो । उनको एसाल्टमा क. कविता पनि थिईन । क. कविता फौजी क्षेत्रकी एक साहसिक महिला योद्धा हुन । उनको ओखलढुंगा जिल्लाको रुम्जाटार मोर्चामा शहादत भयो । अनि चौकीमाथि वर्षिन थाले बम र गोलीहरू । चारैतिरबाट एसाल्ट ग्रुपहरूले प्रभावकारी फायर गरे ।

क. दीपशिखाको टोलीले छतबाट माइन चार्ज गर्‍यो । क. बरुणको कासन जारी भयो ” पुलिस दाजुभाइहरू हो ! शक्तिशाली जनमुक्ति सेनाको घेरामा परिसकेका छौ। हतियार फालेर आत्मसमर्पण गर ।” तर कासनको केही वास्ता नगरी पुलिसहरूले एकोहोरो फायरिङ गरिरहे । युद्ध घमासान भयो । असिना वर्षे झैं गोलीहरू वर्षिरहे । हामीले पनि प्रभावकारी हमला गर्‍यौं । त्यही बीचमा क. उत्तम गम्भीर घाइते भए । उनको शरीरमा एउटा सिँगै ग्रिनेड पड्केको थियो । र उनको पेट र छातिमा गम्भीर चोट लागेको थियो । उनले पनि एउटा एसाल्ट कमान्ड गरेका थिए । उनलाई मेडिकल टोलीमा जिम्मा लगाएपछि आक्रमण झन कडा भयो । त्यतिकैमा चौकी ईन्चार्जले ” ओइ ध्रुवे नहान, ओइ झम्के नहान” भन्दै पेस्तोल फायरिङ गर्दै भाग्यो । उ भाग्ने ठाउँतिर हाम्रो कमजोर घेरा रहेछ । त्यसको फाइदा लियरै छाड्यो । ध्रुव पराजुली कमिशार कमरेड सन्तोषको नाम थियो । झमक पराजुली एरिया सेक्रेटरी क. हिमालको नाम थियो । रमाइलो कुरा त के रहेछ भने उनीहरू साँगाचोक एउटै गाउँका रहेछन र एउटै स्कुल पढेका रहेछन । युद्धमा संयोग पनि कहिलेकाही कस्तो पर्न जान्छ ।

यसरी आक्रमण भएको करिब दुई घन्टामा लडाईं फाईनल भयो । लडाईं फाईनल भएपछि क. सन्जीव र म सर्च गर्दै अगाडि बढ्यौं । चौकीमा हाम्रै टि.एफ. जि. पड्किएर आगो लागिसकेको थियो । पुलिसहरू एउटा कुनामा चाङमाथि चाङ लागेर बसेका रहेछन । उनीहरूबाट राइफल खोसियो । र हेड्क्वार्टरलाई बुझाईयो । त्यसपछि म चौकीभित्र पसें । चौकीमा आगो लागिसकेको कारणले ग्रिनेड र गोलीहरू पड्कीरहेका थिए । मैले आगोको ज्वाला दन्किरहेकै कोठाबाट एउटा हेन्डसेट निकालेर ल्याएँ। कोठामा हेन्डसेट एकोहोरो बोलीरहेको रहेछ । पछि हेन्डसेटले पनि ठूलो काम गर्‍यो । दुश्मनको मुभिङ बारेमा सबै कुरा थाहा पाईयो । हेन्डसेट निकाल्ने बित्तिकै कोठामा एउटा ग्रिनेड ठूलो आवाजमा पड्कियो । म बालबाल बचें ।

अरु एम्युनेशनहरू निकाल्न पाईएन । लगातार गोली र ग्रिनेडहरू पड्किरहे । सबै युद्ध सामग्रीहरू कब्जा गर्न नसके पनि ९ थान राइफल, १ थान सटगन र ७०० राउन्ड गोलीहरू कब्जा भयो । यो हतियार कब्जा त्यतिबेलसम्मकै धेरै थियो । किनकि पूर्वका लडाइँहरूमा बेथान मोर्चादेखि जूनीबेंशी मोर्चासम्म आईपुग्दा चार-चार थानको दरले मात्र हतियार कब्जा भएको थियो । यसरी हामीले बिना क्षति यो मोर्चालाई विजयको शिखरमा पुर्‍यायौं । भोलिपल्ट बिहान सिन्धुपाल्चोक जिल्लाकै सिक्रे भञ्ज्याङमा क. भिमसेनको टोलीले घटनास्थलतर्फ आएको टोलीलाई पनि एम्बुसमा पार्‍यो । यदि यो टोलीलाई रोक्न नसकेको भए क. उत्तम र जिल्ला पार्टी संगठनका साथीहरूलाई गुमाउनु पर्ने रहेछ । यो एम्बुसले ठूलो काम गर्‍यो । र अर्को मोर्चा पनि खुल्यो ।

यो मोर्चाबाट ठूलो उपलब्धि हाँसिल भयो । र छापामार कार्वाहीले दक्षता पनि हाँसिल गर्‍यो । हतियार पनि धेरै कब्जा भयो । राजनीति रुपमा पनि त्यो कार्वाहीको विषेश महत्त्व रह्यो ।

सो कार्वाहीका एसाल्ट कमान्डर क. सन्जीव (पदम लामा ) अहिले नेपाली सेनाका कर्णेल छन । क. उत्तम (गोपाल पाण्डे ) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोलखा जिल्ला सचिव छन । क. दीपशिखा (रामप्रसाद सापकोटा) युवा संघको केन्द्रीय संयोजक छन । क. मुक्ति (चिन बहादुर तामाङ) गुमनाम छन । सल्लाहकार क. बरुणलाई कहिलेकाही यूटुब च्यानलमा अन्तर्वार्ता दिएको देख्छु । यसरी इतिहासको एक पटाक्षेप अन्त भएको अनुभूति भईरहेको छ । अरू अनगिन्ती युद्धानुभूतिहरू किताबको पाना झैं क्रमशः आउने नै छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...